28th October | 2020 | Wednesday | 10:42:24 PM

वीरगञ्जको एक अपार्टमेन्टमा प्रहरीको छापा : साढे २२ किलो सुन बरामद

  POSTED ON : कार्तिक १, २०७७ (३:५१ PM)

वीरगञ्जको एक अपार्टमेन्टमा प्रहरीको छापा : साढे २२ किलो सुन बरामद

वीरगञ्ज । पर्साको वीरगन्जमा रहेको एक अपार्टमेन्टमा प्रहरीले छापा मारेर साढे २२ किलो सुन बरामद गरेको छ । 

वीरगञ्ज महानगरपालिकाको गणेश अपार्टमेन्टमा शनिबार छापा मारेर प्रहरीले शनिबार २२ किलो सुन बरामद गरेको हो । 

 प्लास्टिकमा पोको पारेर राखेको अवस्थामा पहेंलो धातु बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।

सो अपार्टमेन्टमा भारतीय नागरिक आशोक सिन्हा भाडामा बस्दै आएको भनिएको छ । 

प्रहरीले सुन बरामद गरेपनि अहिलेसम्म कसैलाई नियन्त्रणमा भने लिएको छैन । 

बरामद सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Views: 58