3rd December | 2020 | Thursday | 6:33:11 AM

लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

अनिल पोखरेल   POSTED ON : कार्तिक २, २०७७ (११:१० AM)

लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ

राजविराज । सप्तरीमा लागुऔषध ब्राउन सुगरसहित २ जना युवा पक्राउ परेका छन् । तिलाठी कोईलाडी गाउँपालिका –७ का १९ वर्षिय निरज शर्मा र २७ वर्षिय भरत शर्मालाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको हो । 

उनीहरुलाई अग्निसाईर कृष्णासवरण गाउँपालिका –५ बकधुवावाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेश कुमार सिंहले बताउनु भयो । 

 महदेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको स ७ प १८६५ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा पछाडि वसेका भरतको साथवाट ५० ग्राम व्राउन सुगर वरामद भएको सिंहले जानकारी दिनुभयो । ‘व्राउन सुगर लिएर आउँदै गरेको सुचना पाएपछि हामीले मोटरसाईकल, साईकल र पैदल यात्री समेतलाई चेकजाँच गर्यौ’ उनले भने–‘अन्तिममा उनीहरु पक्राउ परे। । प्लाष्टिकको एउटा पोकाभित्र १०–१० ग्राममा ५ पोका वनाएर वोकेका रहेछन् ।’ उनीहरुको साथवाट व्राउन सुगरसहित २ थान मोबाईल, ६ हजार ९ नगद पनि वरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरुले व्राउन सुगर कहाँवाट ल्याए र कुन उदेश्यले वोकेको हो भन्ने विषय अझै खुलेको छैन । ‘आफनै प्रयोगका लागि हो वा वेचविखनको उदेश्यले वोकेका हो भन्ने खुलिसकेको छैन’ सिंहले भन्नुभयो, ‘यस विषयमा हामी थप अनुसन्धान गर्दैछौं ।’

 पक्राउ परेका दुवै जनालाई, ब्राउन सुगर, दुई थान मोबाईल, नगद रुपैंया र मोटरसाईकलसहित ईलाका प्रहरी कार्यालय कञ्चनपुरमै राखी अनुसन्धान भईरहेको सिंहको भनाई छ । सप्तरीमा व्राउन सुगर पक्राउ परेको सम्ववतः यो पहिलो घटना हो ।


Views: 89

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)