3rd December | 2020 | Thursday | 6:07:46 AM

पोखरीमा दुई बालिकाको शव फेला

  POSTED ON : कार्तिक ३, २०७७ (२:२७ PM)

पोखरीमा दुई बालिकाको शव फेला

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८ः४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । 

प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।


Views: 67

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)