3rd December | 2020 | Thursday | 6:17:31 AM

नेकपा लालवन्दी नगर कमिटीद्धारा सात हजार मास्क वितरण

प्रकाश मैनाली   POSTED ON : कार्तिक ३, २०७७ (२:४३ PM)

नेकपा लालवन्दी नगर कमिटीद्धारा सात हजार मास्क वितरण

सर्लाही । लालबन्दी नगरपालिकामा आज नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा सर्वसाधारणलाई मास्क वितरण गरिएको छ । 

नजिकिदैँ गरेको दशैँ, तिहार, छठलगायतका मुख्य पर्वहरु कोरोनाको महामारीबाट जोगिदैँ मनाउन अभिप्रेरित गर्ने उद्धेश्यले लालबन्दी बजारका सर्वसाधारणलाई सात हजार मास्क तथा स्यानिटाईजर वितरण गरिएको हो ।


 नेपाल कम्युनिष्ट पार्टीको आयोजना तथा लालबन्दी नगर कमिटीका सचिव अरुण जर्गा मगरको अगुवाईमा गरिएको मास्क वितरण कार्यक्रममा प्रदेश सभा साँसद बेची लुंगेलीको प्रमुख आतिथ्यता रहेको थियो ।

 त्यस्तै लालबन्दीका वडाध्यक्षहरु,समाजसेवी गोविन्द महत,दिल्ली अधिकारी, विद्यार्थी नेताहरु शिवराज धमला, रन्जित साह लगायतको उपस्थिति रहेको थियो । 

मास्क वितरण कार्यक्रमको कोरोनाबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ भन्दै सचेतनामूलक कार्यक्रम गरि समापन गरिएकोे नेकपा सदस्य तथा युवा नेता घमराज श्रेष्ठले जानकारी दिनुभयो ।

 कार्यक्रममा प्रदेश सभा साँसद बेची लुंगेलीले अभियान राम्रो भएको र एक दिन मात्र गरेर नपुग्ने भएपनि यसले सचेतना भने दिएको बताउनु भयो ।



Views: 340

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)