3rd December | 2020 | Thursday | 12:08:32 AM

विन्दवासिनी झडपमा घाइते नेकपा नेताको मृत्यु

हिमालय टाइम्स   POSTED ON : कार्तिक ७, २०७७ (४:०३ PM)

विन्दवासिनी झडपमा घाइते नेकपा नेताको मृत्यु

वीरगन्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा बिहीबार नेकपाको दुई समूहबीच भएको झडपमा घाइते भएका एक स्थानीय नेताको उपचारका क्रममा मृत्यु भएको छ । 

 वीरगन्जको पानीटयाङकीस्थित एलएस न्युरो अस्पतालमा उपचाररत नेकपाका गाउँ कमिटी सचिव मुकेश चौरसीयाको शुक्रबार बिहान मृत्यु भएको हो । 

चौरसीयाको उपचारका क्रममा शुक्रबार बिहान ९ बजे तिर मृत्यु भएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

झडपमा घाइते अन्यको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

विन्दवासीनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठामा बिहीबार आयोजित नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपाका दुई समूहबीच विवाद भइ झडप भएको थियो ।


Views: 85

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)