3rd December | 2020 | Thursday | 12:11:46 AM

प्रदेश- २ को राजधानी सर्लाही हुनुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम

प्रकाश मैनाली   POSTED ON : कार्तिक ७, २०७७ (४:११ PM)

प्रदेश- २ को राजधानी सर्लाही हुनुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम

लालबन्दी । सर्लाहीको ईश्वरपुर नगरपालिकामा प्रदेश २ को स्थायी राजधानी सर्लाही राख्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 नेकपाका नेता चन्द्रभुषण साहको अध्यक्षता तथा स्थायी राजधानी संघर्ष समिति  प्रदेश नं. २ को आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. ५ स्थित ईश्वपरपुर खानेपानी आयोजनाको सभाहलमा प्रदेश २ को मध्य भुभाग सर्लाहीमा राजधानीको सम्भावना, चुनौति र हाम्रो भूमिका वियममा छलफल गरिएको थियो । 

कार्यक्रमको वक्ताहरुले प्रदेश नं. २ को राजधानी सर्लाही राख्नलाई आ आफनो क्षेत्रबाट पहल गर्ने बताएका छन । प्रदेश नं. २ को राजधानीका लागि जनकपुर र बिरगंजले दावी गरिरहदाँ सर्लाही किन हुन नसक्ने जस्ता प्रश्नहरु सहभागी वक्ताहरुले गरेका थिए ।

 प्रदेशको राजधानी सर्लाही बनाउँदा भवन निर्माणको लागि लगानी गर्ने लगायतको विषयमा पनि छलफल गरिएको थियो । 

अन्तरक्रिया कार्यक्रममा ईश्वरपुर नगरपालिका नगर प्रमुख मनाज देवकोटा, उपप्रमुख एकावती देवी चौधरी, नेपाली कांग्रेस ईश्वरपुरका नगर सभापती बेचु प्रसाद तिमलसिना, जन्ता समाजवाकदी ईश्वरपुर नगर समितिका संयोजक पंची महतो, नेकपाको नगर संयोजक रामपृत राय यादव, ओविसीका केन्द्रिय सदस्य बिरबहादुर महतो,नेकपाको प्रदेश नं. २ को कार्य समिति सदस्य सुशिल थपलिया, विभिन्न वडाका वडा अध्यक्षहरु, उधोगी व्यसायी फकिरा साह लगायत विभिन्न समाजसेवी राजनैतिक दलका प्रतिनिधिहरुका उपस्थिति रहेको थियो ।


Views: 235

सम्बन्धित सामग्री:

गोलबजारका दुई पसलमा आगलागी

: मंसिर १६, २०७७ (१२:५८ PM)