5th March | 2021 | Friday | 8:30:48 AM

सर्लाहीको हरिवनमा प्रदेश दुईकै ठूलो मानव सेवा आश्रम सञ्चालन

प्रकाश मैनाली   POSTED ON : माघ ७, २०७७ (४:१४ PM)

सर्लाहीको हरिवनमा प्रदेश दुईकै ठूलो मानव सेवा आश्रम सञ्चालन

सर्लाही । काख र साथ गुमाएकाहरुलाई साथ दिन र सडकमा रहेका मानवलाई छाना भित्र पु-याउने उद्धेश्यले मानव सेवा आश्रम सञ्चालनमा आएपछि प्रदेश दुईमा सडक मानव नदेखिने अपेक्षा गरिएको छ । यसै अपेक्षाको साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मका लागि मेचीमहाकाली राष्ट्रिय सडक मानवउद्धार कार्यक्रमको शुभ र्आभ पनु भयको थियो । त्यसको केहि दिन पछि सर्लाहीको हरिवन नगरपालिकामा प्रदेश नम्बर दुईकै ठूलो तथा देशको १५ औँ जिल्ला शाखा तथा २२ औँ सेल्टरको रुपमा स्थापना गरिएको मानव सेवा आश्रम हो । आश्रममा अशक्त, बेसहारा, अभिभावकविहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने सडक मानवलाई राख्ने उद्धेश्यले मानव सेवा आश्रम सञ्चालनमा ल्याईएको छ । हाल हरिवन नगरपालिका, नयाँरोड चोक स्थित ज्ञानज्योति विद्यालयको पुरानो भवनलाई मासिक ४० हजार रुपैया भाँडामा लिएर आश्रम सञ्चालनमा ल्याईएको भएपनि भविष्यमा हरिवन नगरपालिका८ स्थित फेदिमा नगरपालिकाले उपलब्ध गराएको १ विगाह जग्गामा आश्रमको आफ्नै भवन निर्माण गर्ने तयारी भईरहेको छ । यसरी आश्रममा बस्न पाँउदा सडक मानवपनि खुसि भएका पाईन्छ । आश्रममा हालसम्म ६३ जना सडक मानवलाई उद्धार गरी ल्याएर राखिएको छ । सप्तरी, सिरहा, धनुषा, महोत्तरी लगायत जिल्लाबाट समेत सडकमा मागेर हिँड्ने गरेका व्यक्तिहरु लाई आश्रममा राखिएको छ । यस आश्रममा रौतहटबाट समेत सडक मानवलाई उद्धार गरी ल्याउने तयारी भैरहेको आश्रमले जनाएको छ । पर्सामा पनि आश्रमको सानो भवन भएकाले बारा र पर्साका व्यक्तिहरुलाई भने पर्सामै राखिने भएको छ । हरिवनको आश्रम भने प्रदेश नं. २ कै नमुना र २०० जनासम्म राख्न सकिने गरी पूर्वाधार विकासको काम भईरहेको छ । भवन निर्माणका लागि हरिवन नगरपालिकाले ८ लाख रुपैंया बजेट छुट्याएको छ । हाललाई यस आश्रममा आफ्नो जन्मदिन, बैवाहिक वर्षगाँठ तथा बिभिन्न शुभकार्यमा आर्शिवाद लिन आउने व्यक्तिले दिएको रकम तथा मुठी दान, मासिक दाता, वार्षिक दाताको रुपमा सहयोग संकलन गरेर आश्रम संचालनमा आएको भएपनी अब भने विषेश अभियान संचालन मार्फत संकलनको तयारी भैरहेको अभियन्ता धर्म प्रसाद पौडेल बताउनु हुन्छ । आश्रममा राखिएकाहरुलाई मानसिक रोग सम्बन्धी विशेषज्ञबाट स्वास्थ्य परीक्षण, परामर्श तथा औषधी समेत चलाईने गरिएको छ । सर्लाही आश्रममा मात्र दैनिक २,५००। हाराहारीमा खर्च रहेको छ । यस क्षेत्रमा यस आश्रमको आवश्यकता रहेकाले हरिवन नगरपालिकाले समेत यसको विकासमा कुनै कसर बाँकि नराखि काम गर्ने हरिवन ९ का वडाध्यक्ष सिताराम पोखरेल बताउनु हुन्छ । आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले तत्काल २० जनाका लागि ओढ्नेओछ्याउने र पकाउने र खाने भाँडाकुँडा, एकएक जोर न्यानो कपडा, चप्पल, भट्टे चुलो, थाल, कचौरा, गिलाँस लगायत सामग्री सहयोग गरेकोे वडाध्यक्ष पोखरेलले जानकारी दिनु भयो । यसतै आश्रमको भाडा बापतको रकम तिर्न हरिवन नगरपालिकाले वार्षिक दुई लाख रुपैंया उपलब्ध गराउने भएको छ भने भवन निर्माणका लागि ८ लाख रुपैंया बजेट छुट्याई सकेको वडाध्यक्ष पोखरेलले जानकारी दिनु भयो सडकमा बस्ने कसैको रहर हुदैन्, बाध्यता र परिस्थितीले सडकमा रहेका हुन्छन् । त्यसैले यस्ता सडक मानवलाई घृणा हैन, माया तथा उचित व्यवस्थापन हामि सबै एकजुट भएर लाग्न आवश्यक छ ।

Views: 124