पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ५ भिष्वा स्थित सीमा ईलकाबाट माघ १३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको फेनरगन ३ सय ४९ वटा, नोफिन ३ सय ५० वटा र २ सय ५० वटा डाईजापाम सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसवेला लागूऔषध ल्याउने व्यक्ति एपीएफ टोलीलाई टाढैबाट देख्नासाथै उक्त
लागूऔषध छाडी फरार भएका थिए । बरामद लागूऔषध इलाका प्रहरी कार्यालय पोखरीयमा बुझाईएको छ ।
Views: 57