11th April | 2021 | Sunday | 5:44:30 PM

दुर्घटनामा परेका व्यक्तिको उद्धारमा आफै जुटे प्रदेश–२ का प्रमुख झा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ११, २०७७ (३:०७ PM)

दुर्घटनामा परेका व्यक्तिको उद्धारमा आफै जुटे प्रदेश–२ का प्रमुख झा

जनकपुर  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमहा जंगलमा मोटरसाइकल दुर्घटनामा घाइते भएका ४ जनालाई नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज ) ले उद्धार गरी अस्पताल पठाउनु भएको छ । नवनियुक्त प्रदेश प्रमुख  झा दुर्घटनामा परेका व्यक्तिको उद्धारमा आफै जुट्नु भएको हो ।

मंगलबार बाराको निजगढ़मा मोटरसाइकल दुर्घटनामा परेर छट्पटाई रहेका नागरिकलाई प्रदेश प्रमुख झाले उद्धार गरेर अस्पताल पठाउनु भएको हो ।

बाराको जितपुरस्थित एक कार्यक्रममा जानेक्रममा प्रदेश प्रमुख झाले दुर्घटनामा परि छट्पटाई रहेका व्यक्तिलाई उद्धार गर्नुभएको थियो ।

 ‘जितपुरमा सैनिकको एउटा कार्यक्रम थियो त्यसमा सहभागी हुन जाँदै थिएँ,’ प्रदेश प्रमुख झाले भन्नुभयो, ‘यतिकै निजगढको जंगलमा दुर्घटना पछि घाईते भएकाहरू सडक छेउमा छट्पटाई रहेका थिए, त्यसमध्ये एक जना बच्चा पनि थिए उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएँ ।’

उहाँले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताउनु भयो । 


Views: 86