16th May | 2021 | Sunday | 7:10:50 PM

एकातर्फि बाटो बनेपछि जामको समस्याबाट छुट्कारा : व्यवसायीहरु

संजीवकुमार मिश्रा   POSTED ON : चैत्र १८, २०७७ (२:५१ PM)

एकातर्फि बाटो बनेपछि जामको समस्याबाट छुट्कारा : व्यवसायीहरु

बारा । बाटो वानवे (एकातर्फी) हुँदा जामको समस्याबाट छुटकारा पाएको व्यवसायीहरुले बताउनु भएको छ । 

कलैया महावीर मन्दिरको पछाडी रहेको सडकलाई वनवे बनाइएपछि जामको समस्या अन्त्य भएको हो ।

दिनहुँ जसो फलफुल तथा खुद्रा व्यापारीहरुले सडकमै व्यापार व्यवसाय गर्ने क्रम बढेकोले महावीर रोडमा विहानै देखि जाम लाग्ने गरेको व्यवसायीहरुले बताउनु भएको छ । 

खुद्रा व्यापारीहरुको जामले हाम्रो व्यापारमा समेत असर पार्ने गरेको नोबेल आयुर्वेद फार्मेसीका संचालक कलैया उपमहानगरपालिका ६ का जनकधारी साहले जानकारी दिनुभयो ।

सर्वसाधारणहरु कुनै पनि समान लिन आउँदा दिनहुँ जसो जामको सामना गर्नु पर्ने बाध्यता रहदै आएको थियो । जामले गर्दा सेवाग्राहीहरु दिनहुँ सास्ती खेप्नु परेको उहाँले जानकारी दिनुभयो ।

तर बाटो वानवे भएपछि सफा पनि छ र जाम लाग्ने समस्याबाट समेत मुक्ति पाएको उहा“को भनाई छ । बाटो वानवे हुँदा व्यापार व्यवसायमा असर नपरेको उहाँबताउनु हुन्छ । 

पहिला जस्तै अहिले पनि व्यापार चलेको र व्यापार व्यवसाय पनि पहिला भन्दा नघटेको उहाँले दावी गर्नुभयो ।

बाटो वनवे हुँदा ग्राहकहरुलाई झन आवत जावत गर्न सुविधा भएको उहाँले बताउनुभयो । यो धेरै राम्रो काम हो । उपमहानगरपालिकाले राम्रो काम गरेको उहा“को भनाई छ । 

उपमहानगरपालिकाले सराहनीय काम गरेको उहा“ले बताउनुभयो । वनवे बारेको अज्ञानताको कारण केही व्यवसायीहरुले यसको विरोध गरेको तर हाम्रो लागि यो राम्रो काम भएको उहाँ बताउनुहुन्छ । 

कलैया उपमहानगरपालिका २१ भोडहाका अनिल चौधरीले बाटो वनवे हुँदा व्यापार व्यवसायमा कुनै असर नपरेको र दिनहुँ जसो हुने जामबाट छुटकारा पाएको बताउनुभयो ।

महावीर रोडमा उहाँको स्टेशनरीको पसल रहेको छ । उहाँले सधै झै व्यापार व्यवसाय अहिले पनि चल्ने गरेको बताउनुभयो । बाटो वनवे हु“दा आफूहरुलाई मात्र होइन सर्वसाधारण देखि ग्राहक समेतलाई आउन जान सर समान किन्न सजिलो भएको चौधरीले जानकारी दिनुभयो ।

दिनहुँ जसो पसल अगाडी नै खुद्रा व्यापारीहरुले पसल थाप्दा सडक साघुरो हुने सर्वसाधारणलाई आउने जाने समेत समस्या हुने गरेकोले बाटो वनवे हुँदा सडक समेत सफा देखिएको र जामबाट झेल्दै आएको समस्याबाट निजात पाएको उहाले बताउनुभयो ।

सिद्धार्थ इन्टरप्राइजेजका संचालक कलैया उपमहानगरपालिका ६ का सरोज प्रजापतिले बाटो वनवे हु“दा खासै फरक नपरेको तर नगरपालिकाले विहान ९ बजे देखि ५ बजे सम्म मात्र वनवे बनाएको हु“दा सर्वसाधारणहरु अलमलमा पर्ने गरेको जानकारी दिनुभयो ।

बाटो वनवे विहान ८ बजे देखि सा“झ ७ बजेसम्म हुने हो भने झन राम्रो हुने र वनवेको पालना गराउन वर्दीमा नगरप्रहरी र एउटा ट्राफिक प्रहरी राख्नु पर्ने उहा“ले सुझाव दिनुभयो ।

बाटो वनवे भएपछि विनाकारण हुने जामबाट छुटकारा पाएको उहाँले भन्नुभयो ।

बाटो वनवे बनाएस“गै पार्किङ्गमा समेत ध्यान दिनु पर्ने, जथाभावी पार्किङ्गले समेत आउन जानमा समस्या हुने गरेकोले पार्किङ्गको समेत व्यवस्था गर्नु पर्ने र यस्तो व्यवस्था मेनरोडमा पनि हुनु पर्ने उहाँले माग गर्नुभयो ।

कलैया उपमहानगरपालिका ६ का स्थानीय कृष्ण मण्डलले महावीर रोडको बाटो वनवे हुँदा आफूहरुलाई खुशी लागेको जानकारी दिनुभयो  ।

पहिला पहिला यो बाटो भएर बजार भित्र जान समेत समस्या हुने गरेको तर अहिले सजिलै जान आउन सक्ने भएको बताउनुभयो ।

पहिला बाटो जाम भएर एक अर्कास“ग ठोक्किने गरेको उहाँको भनाई छ ।

कलैया उपमहानगरपालिकाले बाटो वनवे गरेर राम्रो काम गरेको मण्डलले जानकारी दिनुभयो ।

खुद्रा व्यापारीहरु मनोपोली किसिमले सडकमै व्यापार गर्ने गरेको कारण सर्वसाधारणहरुलाई आवत जावतमा निकै समस्या रहेको समयमा कलैया उपमहानगरपालिका, बारा उद्योग वाणिज्य संघले गरेको निर्णय सराहनीय रहेको उहाँले बताउनुभयो  ।

नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले एउटा निश्चित ठाउ“ र निश्चित सडकमा मात्र होइन चौक देखि नै वनवे लागू गर्नु पर्ने जानकारी दिनुभयो । सम्बन्धित निकाय लगायत सबै सरोकारवालाहरुसँग छलफल गरेर बाटो वनवे गर्नु पर्ने उहाँले जनाउनुभयो । उहाँले भन्नुभयोे, यो त ट्रायल मात्र देखिएको छ, सडक व्यवस्थित गर्दा कुन कुन ठाउँ कुन कुन बाटोमा बढी जाम हुन्छ, त्यसको निश्चितता गरेर अगाडी बढे वनवेको अवधारणा सफल हुने दावी गर्नुभयो । ट्रायल मात्र नगरौ यसलाई व्यवहारमा लागू गरौ एउटा निश्चित समय सिमाको लागि मात्र होइन, वनवेको अवधारणालाई निरन्तरता दिनु पर्छ कलैयामा बाटोको कमी छैन, तर व्यवस्थित हुन नसक्दा नै यहा“का सर्वसाधारणहरुले जामको मार खेप्नु परेको उहा“ले जानकारी दिनुभयो ।

यता केही व्यापारी व्यवसायीहरु यसको विरोध पनि गर्नु भएको छ ।  उहाँहरु बाटो वनवे भएपछि आफनो व्यापार व्यवसाय नै चौपट भएको बताउनु हुन्छ । पहिलाको तुलनामा अहिले व्यापार घटेको उहा“हरुको भनाई रहेको छ ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले बाटो वनवे भएपछि केही व्यापारीहरु आफूलाई मर्का परेको भनि गुनासो आफू कहाँ आएको जानकारी दिनुभयो  । उहाँहरुको पिरमर्कालाई मध्येनजर गरी यसलाई व्यवस्थित गर्न तर्फ उपमहानगरपालिकासँग छलफल भइरहेको जानकारी दिनुभयो । विस्तारै हामी यसलाई व्यवस्थित गर्दै जाने उहाँले बताउनुभयो । शुरु शुरुमा समस्या आउनु स्वभाविक नै हो । तर विस्तारै रुट परिवर्तन गर्ने कि अरु कुनै विकल्प ल्याएर यसलाई अझ व्यवस्थित गर्ने तिर हामीहरु लागि परेको जानकारी दिनुभयो । व्यापारीहरुलाई पनि धैर्यधारण गरेर आफनो व्यापार व्यवसाय संचालन गर्न उहा“ले सुझाव दिनुभयो । हामी अहिले ट्रायलमा छौ । आउँदा दिनहरुमा वनवे बाटोलाई अझ व्यवस्थित गरिने उहाँले दावी गर्नुभयो ।

आम नागरिकलाई सेवा सुविधा पुग्ने गरी बाटो एकतर्फी (वनवे) बनाइएको कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले जानकारी दिनुभयो । यसमा उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन, आम नागरिक सबैस“ग सरसरल्लाह गरी एकतर्फी बाटो कायम गरिएको उहा“ले जानकारी दिनुभयो । एकतर्पी बाटो कायम भएपछि भिडभाड कम हुने र सर्वसाधारणलाई समेत सरसमान किन्न आउने जान सजिलो भएकोले एकतर्फी बाटो कायम गरिएको उहाँले जानकारी दिनुभयो । वनवे लागू भएपछि अहिले भिडभाड पनि कम भएको र सर्वसाधारणलाई किनमेल गर्न आउन जान सजिलो भएको उहाँले दावी गर्नुभयो । 


Views: 88