16th May | 2021 | Sunday | 7:12:36 PM

नेपाल ईन्जिनियर्स एशोसियसनको चुनावमा प्रदेश २ को अध्यक्षका लागि गठबन्धन

निरोज कार्की   POSTED ON : चैत्र २४, २०७७ (३:५० PM)

नेपाल ईन्जिनियर्स एशोसियसनको चुनावमा प्रदेश २ को अध्यक्षका लागि गठबन्धन

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसियसनको आगामी बैशाखमा हुने निर्वाचनको लागि प्रमुख सत्तारूढ दल नेकपा (एमाले)  र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालका जनसंगठनबीचको चुनावी गठबन्धनबाट  ई. भगवान झाको नेतृत्वमा प्रदेश–२ मा संयुक्त उम्मेदवारी दर्ता भएको छ ।

जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघ र एमाले समर्थित  प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनबीच नेपाल ईन्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति अनुरूप   ई. भगवान झाको नेतृत्वमा संयुक्त उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गराउनु अघि  प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र  राष्ट्रिय इन्जिनियर संघबीच चुनावी गठबन्धन भएको थियो । दुई संगठनले चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेका थिय । प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनका अध्यक्ष ई. शम्भु बहादुर श्रेष्ठ र  राष्ट्रिय इन्जिनियर संघका अध्यक्ष ई. भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जानकारी दिएका थिए् । 

सि.डि.ई. झा प्रदेश २ को विकासको लागि अहोरात्र खटिँदै आएका छन् । विकास अभियन्ताको रुपमा प्रसिद्ध रहेका झा प्रदेशभरि नै सबैको प्रिय छन् । ईन्जिनियरहरु झाको उम्मेद्धवारी दर्ताबाट उत्साही भएका छन् । 

नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ । 



Views: 80