16th May | 2021 | Sunday | 7:17:57 PM

मलेठ घटनालाई विर्सिएर महन्त र महतोले ओलीसँग साँठगाँठ गर्न खोजेको शेखर कोइरालाको आरोप

अनिल पोखरेल   POSTED ON : बैशाख ३, २०७८ (५:२१ PM)

मलेठ घटनालाई विर्सिएर महन्त र महतोले ओलीसँग साँठगाँठ गर्न खोजेको शेखर कोइरालाको आरोप

राजविराज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजेन्द्र महतो र महन्त ठाकुरले मलेठ घटनालाई विर्सिएर ओलीसंग साँठगाँठ गर्न खोजेको आरोप लगाउनु भएको छ ।

सप्तरीको रुपनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले संविधान मास्ने र लोकतन्त्र सिध्याउने प्रयास भइरहेको बेला ओलीसंग काँध मिलाउन जानु भनेको ओलीका कदम र ओलीको समर्थन गर्नु भनेको हिजो मधेसमा भएका मलेठ घटना र मधेशी माथी धात गर्नु भएको बताउनु भयो ।

अहिले देस अप्ठ्यारो परिस्थितिमा छ जटिलता तर्फ जाँदै छ , सरकार अराजक भएर अघि बढेको बेला जसपाको ओलीसंग हिमचिम किन ? प्रति प्रश्न गर्नु भयो । कोइरालाले जसपा अहिले ओलीको पुच्छर भएर  पछि लागी परेको बताउँदै यो कुन खाले राजनीती हो भन्दै प्रश्न गर्नुभयो ।

 मलेठ घतना किन विर्सिनु भो के का लागी विर्सस्नु भो उहाँहरुले संसद विघटन भएकै दिन अलोतान्त्रीक र असम्बैधानिक भन्नु भाको हैन ? आज किन ओली संगै मिल्नु पर्ने अनि कसरी सम्बैधानिक काम गर्दै हुनु हुन्छ र जसपाको गला मिलान के का लागी भएकोे आफुले बुझन नसकेको उहाँको भनाई थियो । 

उहाँले संविधानविरुद्ध उभिएका ओलीको विकल्प खोज्न कांग्रेस अगाडि आउनु पर्ने समयमा कांग्रेस मौन भएको भन्दै आफनै पार्टीप्रति प्रश्न गर्ने भयो । कोइरालाले भनुभयो, ‘यो कांग्रेस मौन बस्ने बेला होइन, अहिले हामी निर्णायक छैनौं भनेर बस्ने हो कि निर्णायक बन्ने कोशिस गर्ने हो ?

कोइरालाले कम्युनिष्टहरु दुई–तीनतिर भएका बेलामा यही संसद्बाट विकल्प दिनुपर्ने बताउनु भयो । ‘संसदमा प्रहार गर्ने, यो संविधानलाई नै फाल्ने कोशिस गर्नेलाई पाखा लगाउने प्रयास भैरहेको वेला कांग्रेसले सरकारको नेतृत्व लिनु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस सदस्य हेमराज तातेड, वि.अ. ने केन्द्रिय सदस्य , हरि न्यौपाने जिल्ला सभापति दिनेश कुमार यादव, जिल्ला सह—सभापति भुवन आचार्य , क्षेत्रिय सह—सभापति ललन प्रसाद गुप्ता, लगायतका नेपाली कांग्रेसकार्यताहरुको सहभागिता रहेको थियो ।

 


Views: 85