18th May | 2021 | Tuesday | 8:21:09 AM

कर्मैयामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन

प्रकाश मैनाली   POSTED ON : बैशाख ३, २०७८ (५:२९ PM)

कर्मैयामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन

सर्लाही । सर्लाहीको बागमतीस्थित ईलाका प्रहरी कार्यालय कर्मैयाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) निरजबहादुर शाहीले उक्त भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै एआईजी शाहीले थप उर्जाका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाहीले हाल नेपाल प्रहरीमा रहेका कम संख्याका प्रहरी बाटै काम चलाउन परेकोले सोच अनुरुप काम नभएको बताउनु भयो ।  सीमित प्रहरीबाटै भएपनी जनभावना अनुसार काम गर्न उहाँले निर्देशन दिनुभयो । 

 उहाँले सेवाग्राहीलाई कहिल्यै पनि नमिठो व्यवहार नगर्न र अन्यायको महशुस गरेर आउनेलाई न्याय दिलाएर पठाउन आग्रह गर्नुभयो ।

 बागमतीस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा बेलायती संस्था यूकेएआईडीको दुई करोड ८८ लाख ७३ हजार २४० रुपियाँ लागतमा तीनवटा हिरासत कक्षसहित १६ कोठे भवन तयार गरिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिनुभयो । 

भवन उद्घाटन समारोहमा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रसाद सिंह, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले मन्तव्य राख्नुभयो । 


Views: 62