21st June | 2021 | Monday | 12:59:08 PM

कलैयाको रंगपुरमा दुई बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला

संजीवकुमार मिश्रा   POSTED ON : जेठ ४, २०७८ (७:४५ PM)

कलैयाको रंगपुरमा दुई बालकको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला

बारा । बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरमा मंगलवार दुई बालक दाजुभाइको घाटी रेटी निर्मम हत्या गरिएको छ । 

वैदेशिक रोजगारीको क्रममा विदेशिएका अब्दुल गफार अन्सारीका हराई रहेका छोराहरु ९ वर्षिय अमान र ७ वर्षिय उसमान अंसारीको मंगलवार बिहान निर्मम हत्या गरिएको अवस्थामा शव फेला परेको हो । 

धार्मिक शिक्षा अध्ययन गर्दै आएका रंगपुरकै मदर्साको निर्माणाधिन अवस्थामा रहेको नयाँ पक्की भवनमा दुबै नाबालकको शव फेला परेको हो । भाईहरुलाई रेखदेख गरिरहेकी दिदी १४ वर्षिया सोहाना खतुन सोमवार साझ ७ बजे नमाज पढ्न हिडेकी थिईन् । घर छोडेर नजान दिदीले दिएको सुझावलाई बेवास्ता गर्दै दिदीसंग बिछोडिएका २ भाईको रगतले लतपत भएको अवस्थामा शव फेला परेको हो । 

घर भन्दा करीब ५ सय मिटर उत्तर पश्चिममा रहेको एक मदर्सा परिसरमा निर्माणाधिन अवस्थामा रहेको पक्की भवनमा दुबै नाबालकको घाटी रेटी हत्या गरिएको अवस्थामा स्थानीय बाख्रा चराउने गोठालाले बिहान करीब ८ बजे शव फेला पारेका थिए ।  

मदर्सा परिसर भित्र खुल्ला उक्त भवनमा खेल्न जादा शव देखेर गोठालाहरुले हो हल्ला गरेका थिए । त्यस पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बालक हराएको सूचना सोमवार राती नै करीब १० बजे पाईसकेको थियो ।

प्रहरी र आफन्तको खोजतलाश जारी रहेकै अवस्थामा शव फेला परेको हो । कलैया उपमहानगरपालिका ७ रंगपुर घर भएका दुबै बालकको शव भेटिएपछि स्थानीय आक्रोशित बनेका छन । प्रहरीले बालक बेपत्ताको घटनालाई गंम्भीरता पुर्वक नलिएकै कारण यो अवस्था देख्नु परेको स्थानीयहरुले गुनासो गुर्न भएको छ ।   


समसाझै बालबालिकाहरुको हत्या हुन थालेपछि कलैया उपमहानगरपालिका ७ रंगपुरका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन । उनीहरु आफ्ना छोराछोरीको सुरक्षाको चिन्ताले विचलित हुन थालेका छन । उनीहरुको काधमा सुरक्षा चुनौती थपिएको छ । 

गाउको मदर्सा जस्तो पवित्रस्थललाई नापाक बनाउने अपराधीलाई कानुनी कठघारामा उभ्याउन स्थानीयहरुले माग गर्नु भएको छ ।  रंगपुर मदर्साका अध्यक्ष अब्दुर रहमानले पनि मदर्सालाई बदनाम गराउने अपराधीलाई कानुनी कारवाही गराउन माग गर्नु भएको छ । रहमान जस्तै स्थानीय बासिन्दाले पनि अपराधीलाई अविलम्ब पक्राउ गर्न माग गर्नु भएको छ । 

अपराधी पक्राउ नगरिए आन्दोलनको चेतावनी समेत रंगपुर मदर्साका सचिव अनवर अन्सारीले दिनुभयो । प्रहरीले घटनाको निष्पक्ष छानबीन गरी दोषी पता लगाउन उहाँले आग्रह गर्नुभयो ।  

सोमवार राती ७ बजेबाट हराईरहेका नाबालकहरुको शव फेला परेपछि गाउँलेको हुलसंगै शव हेर्न पुगेका स्थानीय युवक महम्मद काशीले घाँटी रेटी हत्या गरिएको जानकारी दिनुभयो । 

चार सन्तान मध्ये २ छोरालाई सदाको लागी गुमाई सकेकी आमा मिनाले घरै सम्हालेको छोराहरुलाई खोजतलाश गर्न राती देखी नै प्रहरीसग हारगुहार गर्नु भएको थियो । अरुको घरमा राती सुते होलान बिहान फर्केर आउलान भन्ने आशमा बसेकी आमा मिनाले बिहान मृत्युको खबर पाएको बताउनुभयो ।

छिमेकी टोलका रविन्द्र प्रसाद यादवले घटना अत्यन्त अमानविय र निर्मम भएको बताउनुभयो । खशीबाख्रा जस्तै क्रुरता पुर्वक दुबै बालकको हत्या भएको उहा“ले जानकारी दिनुभयो । अहिले त आफुहरु झन्न असुरक्षित बनेको मृतकका काका अनवर हुसेनले बताउनुभयो । 


घटनास्थललाई बिहानैदेखि नियन्त्रणमा लिएको प्रहरीले कुकुरको माध्यमले अनुसन्धान सुरु गरेको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताउनुभयो । 

कक्षा २ मा अध्यनरत ९ वर्षिय अमान र एक कक्षामा अध्ययनरत ७ वर्षिय उसमान दुबै जना दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत रहेका थिए भने त्यही मदर्सामा धार्मिक  अध्ययन समेत गर्ने गरेका थिए । कोरोना महामारीको बेला मदर्सा बन्द भएपछि घरमा बस्दै आएका थिए । उनीहरुको हत्याको खबरले पुरै गाउ नै शोकमा डुबेको छ ।  


Views: 212