तराईमा मेला महोत्सवको तयारी सुरु

प्रकाश मैनाली   POSTED ON : भदौ २४, २०७८ (४:२१ PM)

तराईमा मेला महोत्सवको तयारी सुरु

सर्लाही । गत बैशाखबाट बन्द रहेको हाट बजार, स्कुल तथा यातायात खुलेसंगै मेला महोत्सव समेत संचालन हुन थालेको छ । मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न ठाँउमा मूर्ति बनाइ रहेको देखिन्छ । अहिले मेलाको तयारी स्वरुप बिभिन्न स्थानमा काम भइरहेको छ ।

यस वर्ष चौचन पर्व शुक्रवार परेको छ । भने असोज एक गते लाग्ने बिश्वकर्मा पुजाको लागी समेत मुर्ति बनाउन थाली सकिएको छ । पछिल्लो समय कोरोनाको कहरकै बिच यसरी मेला महोत्सव लगाउँदा कोरोनाको माहामारी फैलीन झन मदत पुग्ने भनेर यस क्षेत्रका जानकारहरुले चिन्ता व्यत्त गरेका छन् ।

उता जिल्ला प्रसासन कार्यालय सर्लाहीले भने धर्म संस्कृतिको संरक्षण गर्न रोक नलगाएको तर भिडभाड नर्गन र नृत्य पूजा मात्र गर्न अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । 


Top