पूर्व पत्रकार बने नेकपा एकीकृत समाजवादी हरिवनको अध्यक्ष

हिमालय टाइम्स   POSTED ON : भदौ २७, २०७८ (११:२४ AM)

पूर्व पत्रकार बने नेकपा एकीकृत समाजवादी हरिवनको अध्यक्ष

सर्लाही । सर्लाही नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ । हरिवन नगरपालिका–९, दनुवारी स्थित प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको निवासमा भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो । वाग्ले पत्रकार महासंघ सर्लाहीको संस्थापक अध्यक्ष हुन भने सर्लाहीकै पहिलो सामुदायिक रेडियो सर्लाही खोलेर यसको समेत संथापक अध्यक्ष बनेका थिए । वाग्लकैे नेतृत्वमा प्रेस चैतारिको समेत स्थापना गरिएको थियो । २०५३ साल देखि सर्लाहीमै प्रकासन हुन परिचर्चा साप्ताहिकको संचालक तथा प्रकासक रहेर काम गरेका वाग्लेले यस पत्रिका करिव २०७२ संम संचालन गरेका थिय । भने  २०६८देखि ७२ सम्म सामुदायिक रेडियो सर्लाहीका संस्थापक अध्यक्षको रुपमा कार्यरत रहेका थिए । उनी पत्रकार महासंघ सर्लाहीको संस्थापक अध्यक्ष समेत हुन् । उनले महासंघको २०५३ मा महासंघको नेतृत्व र २०५७ सालमा एमाले निकट प्रेस चौतारी नेपाल सर्लाहीको संस्थापक अध्यक्ष भएर समेत नेतृत्व सम्हालेका थिए ।

 भेलाले उपाध्यक्षमा कर्ण बहादुर लुंगेली, सचिबमा किशोर मिक्चन र सह–सचिबमा सजनि स्याङ्तानलाई सर्बसहमत चयन गरेको समाजवादीका नेता भरतकुमार कार्कीले जानकारी दिए । संगठन विस्तार गर्नका लागि तत्काल पदाधिकारीहरु मात्रको नेतृत्व चयन गरिएको र निकट भविष्यमा नगर कमिटीमा पदाधिकारी एवं सदस्यहरु थप्ने पार्टीले जनाएको छ । समाजवादीको अध्यक्ष बनेका वाग्ले स्थानीय तह हुनुअघि केही समय नेकपा एमाले हरिवन नगरकमिटीको अध्यक्ष समेत रहेका थिए । साविक एमालेको नगर कमिटीलाई नै एकीकत समाजवादीमा समाहित गरिएको वाग्लेले दाबी गरे । समाजवादी पार्टीले आज जिल्ला नेतृत्व चयन गर्दैछ । हरिवन स्थित सम्राट पार्टी प्यालेसमा आयोजना हुने जिल्ला स्तरीय भेलाले जिल्ला नेतृत्व चयन गर्ने तथा अन्य पालिकाहरुमा पनि धमाधम पालिका स्तरीय नेतृत्व चयन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ ।


Top