बाल विवाहमुक्त समाजका लागि अभिमुखीकरण

प्रकाश मैनाली   POSTED ON : भदौ २८, २०७८ (४:२३ PM)

बाल विवाहमुक्त समाजका लागि अभिमुखीकरण

सर्लाही । बाल बिवाह रोक्न र त्यस बारे जानकारी दिन जनप्रतिनिधिलाई नै अभिमुखीकरण प्रदान गरिएको छ । सर्लाहीको पर्सा गाउँपालिकालाई बाल विवाहमुक्त बनाउन जनप्रतिनिधि र कर्मचारीलाई २ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

बागमती सेवा समाज नेपाल हरिवनले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई दुई दिन सीता प्यालेस होटल नयाँरोडमा अभिमुखीकरण आयोजना गरेको हो । पर्सा गाउँपालिकाका अध्यक्ष किसुन देव राय, उपाध्यक्ष इन्द्रकला देवी साह लगायतको उपस्थितिमा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीको अध्यक्षतामा अभिमुखीकरणको उद्घाटन गरिएको संस्थाका कार्यक्रम संयोजक कुमार भण्डारीले जानकारी दिनुभयो । ्

सहभागीहरुलाई प्रमिला अधिकारी, तोया अमगाई र नुरजन साहले अभिमुखीकरण प्रदान गर्नुहुने आयोजकले जनाएको छ । अभिमुखीकरण कायक्रममार्फत पाँच वर्षीय रणनीती तयार पार्न सहजीकरण गर्नुको साथै सन् २०२५ भित्र गाउँपालीकालाइ बाल विवाहमुक्त बनाउने बिषयमा कार्ययोजना तयार पारिएको बगमती सेवा समाज सर्लाहीका कुमार भण्डारीले जानकारी दिनुभयो ।

सर्लाहीको दक्षिण भेगमा पर्ने पर्सा गाउँपालिका भारत संग सिमा जोडियको गाउँपालीका भएकाले यस क्षेत्रमा बाल बिवाहको दर धेरै रहेको छ । अभिभावकले समेत बाल बिवाह कम गर्न दवाब दिने गरेको कतीपय बालबालीका बताउँछन । छोरी ठूली भएपछि बिवाह गर्दा दाइजो धेरै दिनु र्पने डरले समेत बाल बिवह हुने गरेको छ । अहिले पनि तराइ मधेसमा केटाको पढाइको आधारमा केटि पक्षले दाइजो दिनुपर्ने प्रचलन कायमै रहेको छ । 


Top