सर्लाही कांग्रेसमा विवाद : पार्टी हितभन्दा जुङाको लडाइँ

प्रकाश मैनाली   POSTED ON : आश्विन ९, २०७८ (१०:०२ AM)

सर्लाही कांग्रेसमा विवाद : पार्टी हितभन्दा जुङाको लडाइँ

सर्लाही । सर्लाहीमा ४ निवाचन क्षेत्र रहएकोका सबै भन्दा मज्बुत तथा बिजय हासिल र्गन सफल क्षेत्रमा क्रियाशील सदस्यता सम्बन्धी विवाद झन्झन् बढ्दै जादा कांग्रेसको सुरक्षीत क्षेत्र नै कतै संकटमा र्पने त हौन भने चिन्तामा यहाँका कांग्रेसको जन परेका छन । सर्लाहीमा ४ निवाचन क्षेत्र मध्य यस क्षेत्रमा मात्र कांग्रेसले बिजय हासिल र्गन सफल भएको छ । यस क्षेत्रमा निवाचन सुरु भए देखिनै कांग्रेसको जित भैरहएको छ । महन्त ठाकुर कांग्रेसमा हुदा ठाकुरले बाजी मादै आएको क्षेत्रमा पैलो संबिधान समा निवाचनमा यस क्षेत्रमा मेधेस केन्द्रीत दलले निवाचन हासिरल गरेको भएपनि त्यस पछिको निवाचनमा अमरेश सिंहले निवाचनको परिनाम आफने पछेमा र्पादै आउनु भएको छ । हाल पनि दुबै प्रदेश तथा प्रतिनिधिसभामा कांग्रेसका आफनो झन्डा फहराउन सफल भएको क्षेत्रमा आएको बिवाद उसक्रसमा पुगदा यहाका कांग्रेससी चिन्तामा परेका छन । यस  क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेश सिंह र प्रदेश सांसद एवं प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहबीच क्रियाशील सदस्यताका विषयमा विवाद भएको हो । वीरेन्द्रले पार्टीको वडा सभापतिलाई थाहै नदिई क्षेत्रभर थपेको करिब ६ सय सदस्य खारेज हुनुपर्ने अमरेश पक्षको माग छ । वीरेन्द्रले भने सबै सदस्यता हुबहु कायम हुनुपर्ने माग राखेका छन् । आफ्ना माग पुरा गराउन पार्टि केन्द्रीय कार्यालय सानेपामा दुबै पक्षले शक्ति प्रदर्शन थालेका छन् । आ–आफ्नो पक्षमा प्रदर्शन गर्न अहिले जिल्लाबाट व्यापक कार्यकर्ता झिकाउने क्रम जारी छ ।

वीरेन्द्र सिंहले दुई दर्जनभन्दा बढी बस र जीपमा क्षेत्रबाट कार्यकर्ता झिकाएका छन् । अमरेशले पनि आफ्नो पक्षका कार्यकर्तालाई काठमाडौं झिकाएका छन् । दुबै पक्ष अहिले पार्टी कार्यालयमा शक्ति प्रदर्शन गरेर आफ्नो माग पुरा गराउने अभियानमा जुटेको छ । वीरेन्द्र राजनीतिमा नयाँ भए पनि अमरेश पुराना हुन् । यसअघि अमरेशलाई जिताउन सघाएका वीरेन्द्र यो पटक भने अमरेशको विरुद्ध लागेका छन् । अमरेश आसन्न १४ औँ महाधिवेशनमा डा. शेखर कोइरालालाई सभापतिमा जिताउनु पर्ने भन्दै खुलेका छन भने वीरेन्द्रले प्रदेश २ मा मन्त्री बनाएको गुन तिर्न बिमलेन्द्र निधिलाई सहयोग गर्दैछन् ।

दुबैबीच विवादको सुरुवात यहीँबाट भएको हो । निधिलाई असहयोग गर्ने देखिएपछि अमरेशलाई क्षेत्रमै रोक्ने चलखेलअन्तर्गत अहिले वीरेन्द्र पक्ष पार्टी कब्जा गर्ने रणनीतिमा लागेको हो । अमरेश पक्षको मागको समर्थनमा डा.शेखर कोइराला, नेता प्रकाशमान सिंहहरु देखिएका छन् भने वीरेन्द्रको पक्षमा निधि छन् । डा.कोइरालाले बिहीबार अमरेश पक्षको प्रदर्शनमा एक्यबद्धता जनाउँदै पार्टी कब्जा गर्ने संस्थापनको रणनीतिको खुलेर आलोचना गरे । ‘अहिले दुई सिंहबीच भइरहेको विवाद पार्टी हितका लागि नभइ व्यक्तिगत हितका लागि हो,’ सोही क्षेत्रका एक क्रियाशील सदस्यले भने ।


Top