A PHP Error was encountered

Severity: Notice

Message: Undefined offset: 0

Filename: controllers/Category.php

Line Number: 63

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 63
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: controllers/Category.php

Line Number: 64

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 64

Line Number: 71

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 71

Line Number: 73

Backtrace:

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/application/controllers/Category.php
Line: 73
Function: _error_handler

File: /var/www/vhosts/ehimalayatimes.com/httpdocs/index.php
Line: 292
Function: require_once

eHimalayatimes | | सरावल गाउँपालिकाले रगत र आँखा अप्रेशन निशुल्क गर्ने
21st October | 2020 | Wednesday | 8:12:41 AM

सरावल गाउँपालिकाले रगत र आँखा अप्रेशन निशुल्क गर्ने

प्रकाश न्यौपाने   POSTED ON : आश्विन १४, २०७७ (७:४६ PM)

सरावल गाउँपालिकाले रगत र आँखा अप्रेशन निशुल्क गर्ने

नवलपरासी पश्चिम । नवलपरासीको सरावल गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र बसोबास गर्ने नागरिकलाई रगत र आँखा अप्रेशन निशुल्क सेवा प्रावधान ल्याएको छ ।

सरावल गाउँपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान सुरु गरेको छ ।

सो अभियान २०७६ देखि सुरु गरि पुन २०७७ मा निरन्तरता दिइएको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनु भयो ।

जसअन्तर्गत गत २०७६ मा आँखा अप्रेशन ७६ जना र ८५ जना रगतबाट लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो ।

विगतका  बर्षहरुमा आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउँपालिकाले गाउँपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निशुल्क आँखा अप्रेशन गराउने र रगत आवश्यक पर्नेलाई निशुल्क रगतको ब्यवस्थापन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

आवश्यक परेको बेला सहयोग नपाउने र आँखा अप्रेसन गराउनका लागि शिविर कुर्नु पर्ने समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै गाउँपालिकाले सरावल गाउपालिका भित्रका नागरिकलाई जो जति बेला आए पनि निशुल्क सेवा पाओस भनेर यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष  चौधरीले बताउनु भयो  ।

आँखाको अप्रेसन गर्न परेमा सदरमुकाम परासी स्थित डा.विनोद निता कंडेल आँखा अस्पतालसंग र रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बंैकसंग सम्झौता गरेको उहाँले बताउनु भयो । गाउँपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने र आँखाको अप्रेसन पनि जति खेर पनि निशुल्क पाउने उहाँले जानकारी दिनुभयो ।

त्यसको भुक्तानी गाउँपालिकामा ति संस्थाले माग गरे पछि गाउँपालिकाले भुक्तानी दिइने छ । पहिला शिविर सञ्चालन गर्दा सरावल गाउँपालिका बाहिरका पनि ब्यक्ति आउने हुँदा आफ्नै नागरिक छुट्ने र बाहिरका थपिँदा आर्थिक भार पर्ने अवस्था थियो ।

तर यस्तो ब्यवस्थान गरेमा गाउँपालिका भित्रका नागरिकले आफ्नो अनुकुल जतिखेर पनि सेवा पाउने भएका छन्, उहाँले थप्नुभयो । जेष्टनागरिक लगायत लक्षित बर्गका लागि अन्य सेवा यथावत नै छ । यो सेवा सबै गाउपालिकाबासीका लागि हो ।

Views: 130

सम्बन्धित सामग्री: