28th October | 2020 | Wednesday | 11:13:39 PM

संघ र प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन हुने : मन्त्री आङबो

जितेन्द्र भण्डारी   POSTED ON : आश्विन ९, २०७७ (९:१७ PM)

संघ र प्रदेश सरकारको मन्त्रीमण्डल पुनर्गठन हुने : मन्त्री आङबो

पाँचथर । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य इन्द्रबहादुर आङबो मौसमले संघीय र प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठन हुने बताउनुभएको छ । 

पाँचथरको फिदिममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङबोले उत्कृष्ट कार्य गर्ने मन्त्री रहिरहन सक्ने र केही नयाँ मन्त्रीहरु थपघट गरी मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने बताउनुभएको हो । 

यस्तै कार्यक्रममा बोल्दै भर्खर आफनो कार्यकाल सकेर विदाई भएका विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले चाँडै पुर्ननियुक्ति गर्न सक्ने बताउनुभयो ।

उहाँले कोभिड १९ को कारण सरकारले लक्ष्य लिए अनुरुपको राजश्व संकलन हुन नसकेको बताउँदै यसले अर्थतन्त्रमा केही असहजता सिर्जना गरेपनि विस्तारै सहज वन्दै जाने बताउनुभयो । 

सरकारले विशेष गरी स्वास्थ्य र शिक्षालाई वढि जोड दिएको बताउँदै मन्त्री आङबोले अव जिल्लामै प्राविधिक शिक्षालाय वन्ने,जिल्ला अस्पताल पाँचथरमा आइसियू भेन्टिलेटर राख्ने,पिसीआर परिक्षण गर्न मेसिन राखिने बताउनुभयो ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवो (मौसम) ले आगामी दुई बर्ष भित्रमा पाँचथरमा कुनै पनि घर खर (फुस) ले छाउनु पर्ने अवस्थामा नरहने बताउनुभयो ।

विपन्न परिवारका लागि राज्यले घर बनाइदिने कार्यक्रम जारी नै रहेको सोही क्रममा घर भएका तर जस्तापाता प्रयोग नभएका ठाउँमा त्यसको समेत व्यवस्था गरिने बताउनुभयो ।

प्रेस संगठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री आङवोले यही सरकारको पालामा आर्थिक अवस्था कमजोर भएर घर निर्माण गर्न नसकेका नागरिकका लागि जनता आवास कार्यक्रम मार्फत काम भइरहेको बताउनुभयो ।

आर्थिक वर्ष ०७७/७८  मा रहेका योजनाहरुमा ३० प्रतिशत रकम घटेर आउने समेत उहाँले उल्लेख गर्नुभयो ।

जिल्लामा उक्त कार्यक्रम मार्फत अघिल्लो आर्थिक वर्षमा घर सयौँ घर निर्माण भएका थिए । उहाँले कोभिड १९ महामारीका कारण जनस्तरका सरकारी काममा प्रभाव परेको भन्दै दिरगामी महत्व राख्ने ठुला आयोजनामा समस्या नरहेको बताउनुभयो ।


Views: 87

सम्बन्धित सामग्री:

मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

: कार्तिक १२, २०७७ (१२:२२ PM)

आयुर्वेदिक सेवामा आकर्षण

: कार्तिक १२, २०७७ (१०:३४ AM)