21st October | 2020 | Wednesday | 7:22:09 AM

झापामा खाटमुनि हात बाँधिएको अवस्थामा महिलाको शव फेला

हिमालय टाइम्स   POSTED ON : आश्विन १२, २०७७ (१०:१५ PM)

झापामा खाटमुनि हात बाँधिएको अवस्थामा महिलाको शव फेला

दमक । झापा गौरादह नगरपालिका-१ की ६५ वर्षीया मनमाया भण्डारीको आफ्नै घरमा खाटमुनि हात बाँधिएको अवस्थामा शव फेला परेको  छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी राकेश थापाका अनुसार उनको हात बाँधिएको र टाउकोबाट रगत बगेको अवस्थामा शव फेला परेको छ ।

सोमबार दिउँसो साढे ४ बजे घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

भण्डारीको टाउकोमा समेत चोटपटक लागेको छ। 

उनको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे बुझ्न प्रहरीको टोली घटनास्थल पुगेको स्थानीयले बताएका छन्  ।

 प्रहरीका अनुसार मृतक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घटना घटेको थियो। श्रीमान् दिउँसो साढे ४ बजे घर फर्किदा श्रीमतीको शव खाटमुनि लडिरहेको अवस्थामा देखेपछि स्थानीयलाई  खबर गरेको बुझिएको छ ।

धरानबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ।


Views: 76

सम्बन्धित सामग्री:

दमकमा दुई संक्रमितको मृत्यु

: कार्तिक ४, २०७७ (५:५६ PM)