28th October | 2020 | Wednesday | 10:31:12 PM

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा निषेधाज्ञा जारी

जिल्लाभर चाडबाडमा सामूहिक कार्यक्रम गर्न रोक

जीना कार्की   POSTED ON : कार्तिक २, २०७७ (८:४६ PM)

 जिल्ला प्रशासन कार्यालय मोरङद्वारा निषेधाज्ञा जारी

विराटनगर । चाडपर्वमा हुने भिडभाडको कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले कात्तिक १२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० बमोजिम सोमबारदेखि लागू हुने गरी कात्तिक १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा जिल्ला भरिका सबै मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा तथा चर्चहरुमा गरिने नित्यपूजा र प्रार्थनाबाहेक सामूहिक रुपमा भेला भई गरिने पूजा अर्चना, भजन, किर्तन, कलश यात्रा, बलीपूजा एवं मूर्ति विसर्जन लगायतका कार्यहरु गर्न नपाईने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ ।

अवधिमा जिल्लाभर नै साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग चल्ने लामो दुरीका सवारीसाधनबाहेक अन्य सवारी साधनहरु सञ्चालनमा पनि रोक लगाइएको छ ।

त्यस्तै चाडपर्वमा भेला भएर सामुहिक रुपमा कार्यक्रमगर्न, शुभकामना आदनप्रदान गर्न र चियापान गर्न रोक लगाइएको छ । शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामूहिक रुपमा जमघट भएर गरिने कार्यक्रममा पनि रोक लगाइएको छ ।



Views: 73

सम्बन्धित सामग्री:

मेचीनगरकी महिलाको कोरोनाबाट मृत्यु

: कार्तिक १२, २०७७ (१२:२२ PM)

आयुर्वेदिक सेवामा आकर्षण

: कार्तिक १२, २०७७ (१०:३४ AM)