6th December | 2020 | Sunday | 4:07:13 AM

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण

हिमालय टाइम्स   POSTED ON : कार्तिक १४, २०७७ (६:०१ PM)

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष सापकोटालाई कोरोना संक्रमण

काठमाडौं ।  नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण भएको छ ।

आफुलाई कोरोना संक्रमण भएको अध्यक्ष सापकोटाले सामाजिक संजालबाट जानकारी दिनु भएको हो ।

मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पिसिआरका लागि स्वाब दिनुभएको उहाँको रिपोर्ट आज आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले स्वाब दिनुभएको थियो ।

उहाँले एक सातादेखि शिवसताक्षी नपा-७ चन्द्रडाँगीस्थित घरमा होम आइसोलेसनमा रहनु भएको बताउनु भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


Views: 104