2nd March | 2021 | Tuesday | 7:05:27 AM

स्वास्थ्य स्वयंसेविका सम्मानले स्वास्थ्य सचेतीकरणमा बृद्धि

जीवन शर्मा   POSTED ON : फाल्गुन ११, २०७७ (४:२७ PM)

स्वास्थ्य स्वयंसेविका सम्मानले स्वास्थ्य सचेतीकरणमा बृद्धि

ओखलढुंगा । सुनकोशी गाउपालिकाले गर्दै आएको सामूदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रमले ग्रमिण स्तरको स्वास्थ्य सचेतीकरणमा सकारात्मक प्रभाव देखिएको छ । स्वयंसेविका सम्मान कार्यक्रमले समुदायस्तरमा मातृ शिशु स्वास्थ्य सुरक्षा, परिवार नियोजन, कोभिड नियन्त्रण, झाडा पखाला नियन्त्रण स्वास्थ्य  सरसफाई लगायत स्वास्थ्य सचेतीकरणमा बृद्धि भएको हो । 

स्वयंसेविका सम्मान कार्यक्रम पश्चात ग्रामिण भेगका आमा तथा बच्चाको स्वास्थ्य अवस्था बुझ्दै पोषण, खोप, स्वास्थ्य सरसफाई, लगायतका स्वास्थ्य सचेतीकरण तथा स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेहरुको संख्यामा बृद्धि भएको स्थानीय स्वास्थ्य संस्थाहरुले बताएका छन् । नेपाल सरकारले स्वास्थ्य स्वयंसेविका हरुका लागि केही नदिएपनि स्थानीय सरकारले पोशाक भत्ता,खाजा खर्च र प्रोत्साहन भत्ता दिएर हौसला बढाएको सुनकोशी गाउपालिका ९ की महिला स्वास्थ्य स्वयंसेविका बोध कुमारी धमलाले बताउनुभयो ।  प्रोत्साहन कार्यक्रमले स्वयंसेविकाहरुको जिम्मेवारी बढेको भन्दै ग्रामिण भेगका महिला र बालबालिकाको पोषण, स्वास्थ्य सरसफाई, खोप लगायतका स्वास्थ्य सचेतनामा बृद्धि हुने धमलाले विश्वास व्यक्त गर्नुभयो । 

गाउपालिकाले विगत तीन बर्ष देखि सामूदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गर्दै आएको गाउपालिका प्रमुख रुद्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । राज्यको विना तलव भत्ता मातृ शिशु स्वास्थ्य सचेतनाका क्षेत्रमा खटाएका महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि गाउपालिकाले सम्मान स्वरुप प्रत्येक बर्ष नगद, प्रमाण र दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम गर्दै आएको अधिकारीले बताउनुभयो । उक्त कार्यक्रमले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई थोरै भएपनि राहत पुगेको र उनिहरुकाले दिने नियमित स्वास्थ्य सचेतनाका गतिविधि बढेको र घरमै सुत्केरी गराउनेहरुको तथ्यांक शुन्य हुँदै गएको वाहाको भनाइ छ । यो संगै गाउमाआगामी बर्षहरुमा महिला स्वास्थ्य स्वयं सेविकाहरुका लागि क्षमता विकासका तालिम र अन्य आवश्यक सहयोगका कार्यक्रमहरु गाउपालिकाले ल्याउन बताउनुभयो । 

सामूदायिक महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम अन्र्तगत यस बर्ष प्रति व्यक्ति २८ हजार नगद सहित दोसल्ला र प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको सुनकोशी गाउपालिका स्वास्थ्य संयोजक नेत्र बहादुर कट्वालले जानकारी दिनुभयो । यो कार्यक्रमले स्वास्थ्य स्वयंसेविको मुहारमा खुसी संगै ग्रमिण स्तरको स्वास्थ्य सचेतीकरणमा बृद्धि भएको वाहाले बताउनुभयो । सुनकोशी गाउपालिकाका १० वटा वडामा ७२ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनिहरुलाई पालिकाले वडास्तरमै पुगेर सम्मान गर्दै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीले जानकारी दिनुभयो । 


Views: 65