11th April | 2021 | Sunday | 5:58:58 PM

नेपाल किराँत राई संघको गाउँपालिकाहरूमा समिति बन्दै

निरोज कोइराला   POSTED ON : चैत्र २६, २०७७ (१०:०१ AM)

नेपाल किराँत राई संघको गाउँपालिकाहरूमा समिति बन्दै

भोजपुर । भोजपुरमा नेपाल किराँत राई संघले गाउँपालिकाहरूमा समेत समिति विस्तार गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्थाकोरूपमा रहेको संघले जिल्लाको पूर्वी अरुण गाउँपालिका, पौवादुम्मा गाउँपालिका र दक्षिणमा रहेको हतुवागढी गाउँपालिकमा पालिकास्तरीय नेपाल किराँत राई संघको समिति गठन गरेको छ । संघका केन्द्रीय सभापति धर्मराज राईको समेत उपस्थितिमा समिति गठन गरिएको हो । 

अरुण गाउँपालिकामा गठन भएको १८ सदस्यीय समितिको सभापतिमा प्रकाश राई, उपसभापतिमा तुलसी राई र चेतमान राई, सचिवमा केवल राई, सहसचिव राकेश राई, कोषाध्यक्षमा सपना राईसहित अन्य १२ जना सदस्य रहनुभएको छ । 

यसैगरी, कृतिराम राईको सभापतित्वमा पौवादुङमा गाउँपालिकामा १५ सदस्यीय समितिसमेत गठन भएको छ । समितिको उपसभापतिमा हेमराज राई, सचिवमा देवराज राई, सहसचिव शान्तराज राई, कोषाध्यक्ष हेमा राईसहित अन्य १० जना सदस्य रहनुभएको छ । यस्तै, जिल्ला दक्षिण हतुवागढी गाउँपालिकामा समेत नेपाल किराँत राई संघको समिति गठन गरिएको छ । 

भोजपुरमा रहेका दुई नगरपालिका र सातवटै गाउँपालिकाहरूमा पालिकास्तरीय समिति गठन हुने संघले जनाएको छ । भोजपुरमा गएको चैत्र ३ गते अजीव राईको सभापतित्वमा समिति बनिसकेको छ । आदिवासी जनजातिलाई अन्य पार्टीले सपना बाँड्ने मात्र गरेकाले आदिवासी जनजातिको हकहितलाई स्थापित गर्न संघको गठन गरिएको संघका केन्द्रीय सभापति धर्मराज राईले बताउनुभयो ।


Views: 44