16th May | 2021 | Sunday | 7:30:00 PM

गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण

हिमालय टाइम्स   POSTED ON : चैत्र २९, २०७७ (३:३४ PM)

 गाउँपालिकाद्वारा कृषकलाई कृषि सामाग्री वितरण

भोजपुर । भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले आफनो क्षेत्रका कृषकहरुलाई बिभिन्न कृषि सामाग्रीहरु बितरण गरेको छ । 

गाउँपालिकाले पालिका भित्रका कृषकहरुलाई आइतवार कृषिसँग सम्वन्धित सामाग्रीहरु बितरण गरेको हो । गाउँपालिकाको ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत साझेदारीमा कृषिका सामाग्रीहरु बितरण गरिएको कृषि शाखा प्रमुख बर्तेन्द्र राईले बताउनु भयो । कृषकहरुले थोपा सिचाई, प्लास्टिक टनेल लगायतका सामाग्रीहरु पाएका 

छन । २२ कृषकलाई गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष सम्झना राई लगायतले सामाग्री बितरण गर्नु भएको कृषि शाखा प्रमुख राईले जानकारी दिनु भयो । 

कृषकलाई कृषि क्षेत्रमा लाग्न प्रोत्साहन गर्ने उद्धेश्यले आर्थिक बर्ष २०७७÷०७८ को बजेट र कृषकको साझेदारीमा कृषि सामाग्रीहरु बितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । अध्यक्ष राईले भन्नु भयो, “गाउँपालिका भित्र ६ वटा वडाहरु छन, यस भित्रका कृषकहरुलाई गाउँपालिकाले सहयोग गरेको हो । हामीले यस अघि पनि गाउँपालिका भित्रका कृषकहरुलाई मौरीको घार लगायतका सामाग्रीहरु समेत सहयोग गरि सकेका छौ ।”

गाउँपालिकाबाट सहयोग पाए पछि कृषकहरु समेत उत्साही बनेका छन । 




Views: 155