16th May | 2021 | Sunday | 2:42:53 AM

भोजपुर पात्लेपानीका आगलागी पिडितलाई मुख्यमन्त्री राईको सहयोग

निरोज कोइराला   POSTED ON : चैत्र २९, २०७७ (३:५४ PM)

 भोजपुर पात्लेपानीका आगलागी पिडितलाई मुख्यमन्त्री राईको सहयोग

भोजपुर । भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका वडा नम्वर ८ पात्लेपानीको खुकैलाका आगलागी पिडितलाई प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक सहित अन्य आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ । 

गत चैत १२ गते पात्लेपानीको खुकैलामा भएको आगलागी बस्तीमा आइतवार पुगेर मुख्यमन्त्री राईले पिडित परिवारको अवस्था बारे समेत बुझ्नु भएको छ । सोक्रममा आगलागी पिडित परिवारलाई प्रति परिवार ५० हजार नगद, बस्ने टेन्ट, कपडा र आवश्यक खाद्यान्न सामाग्री समेत उपलब्ध गराउनु भएको छ । आगलागी पिडित परिवारलाई स्थानीय समाजसेवी जीवन खाहोङ राई नेतृत्वको टोलीले उपलब्ध गराएको कर्कटपाता समेत मुख्यमन्त्री राईले हस्तान्तरण गर्नु भयो । 

आगलागीबाट हतुवागढी गाउँपालिका वडा नम्वर ८ का अर्जुन राई, कञ्चन राई, भिमबहादुर राई र शान्तकुमारी राईको घर तथा कालिबहादुर राईको गोठ जलेको पूर्णरुपमा नष्ट भएको थियो । आगलागीबाट करिव ३१ लाख बरावरको क्षति भएको छ । सुख्खा मौससका कारण सामुदायिक बनमा लागेको डढेलो हावाले उडाएर बस्तीमा ल्याउँदा आगलागी भएको थियो । 



Views: 186