16th May | 2021 | Sunday | 7:19:43 PM

भोजपुरको दिङलामा भएको आँखा शिविरमा छ सय बढीको उपचार

निरोज कोइराला   POSTED ON : चैत्र ३०, २०७७ (१२:०८ PM)

भोजपुरको दिङलामा भएको आँखा शिविरमा छ सय बढीको उपचार

भोजपुर । भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको दिङलामा संचालन भएको निशुल्क आँखा शिविरमा छ सय भन्दा बढीले उपचार पाएका छन ।

उद्योग वाणिज्य संघ दिङ्ला शाखाको आयोजनामा भएको तीन दिने निशुल्क आँखा शिविरमा नव दृष्टि आँखा अस्पताल इटहरीको प्राविधिक सहयोगमा रहेको थियो । शिविरमा छ सय २ जना आँखाका विरामीहरुले सेवा लिएको आयोजक उद्योग वाणिज्य संघ दिङ्ला शाखाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनु भयो ।  

अध्यक्ष श्रेष्ठका अनुसार शिविरमा १ सय २६ जना आँखा विरामीहरुलाई निशुल्क चश्मा बितरण गरिएको छ भने ४ सय जना विरामीहरुले निशुल्क औषधी बाँडिएको छ । ५६ जना मोती विन्दुका विरामीहरुलाई निशुल्क अपरेशनको लागि छनौट समेत गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । छनौट भएका बिरामीहरुले इटहरीमा रहेकोनव दृष्टि आँखा अस्पतालमा निशुल्क अपरेशन सेवा पाउने छन् ।

आँखामा समस्या भएका नागरिकहरुलाई स्थानीय स्तरमा नै सेवा दिनका लागि उद्योग बाणिज्य संघको पहलमा तीन दिने शिविर आयोजना गरिएको उद्योग बाणिज्य संघ दिङला शाखाका अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । आफनै नागरपालिका भित्र आँखा सम्वन्धी सेवा पाए पछि स्थानीय नागरिकहरु समेत हर्षित देखिएका छन ।


Views: 206