16th May | 2021 | Sunday | 5:50:14 PM

भोजपुरको भाम्राङ र हेलौछामा माओवादी केन्द्रको वडा कमिटी विस्तार

निरोज कोइराला   POSTED ON : चैत्र ३१, २०७७ (४:५८ PM)

 भोजपुरको भाम्राङ र हेलौछामा माओवादी केन्द्रको वडा कमिटी विस्तार

भोजपुर । भोजपुरमा माओवादी केन्द्रले संगठन बिस्तार तथा सुदृढीकरण अभियानलाई तीब्र बनाएको छ । 

सर्वोच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि माओबादी केन्द्र जिल्ला कमिटी भोजपुरले संगठन बिस्तारलाई तिव्र बनाएको हो । भोजपुरमा रहेको २ नगरपालिका र ७ वटै गाउँपालिकाको जिम्मेवारी टुंगो लगाएर कमिटी विस्तार गरेको माओवादी केन्द्रले अहिले वडा तहमा समेत संगठन विस्तार अभियान तीब्र बनाएको माओवादी केन्द्र भोजपुरका नगर कमिटि सचिव राजन समिपले बताउनु भयो । 

संगठन बिस्तारकाक्रममा भोजपुर नगर कमिटिले वडा नम्वर १ र २ मा वडा कमिटि गठन गरेको छ । एकै दिन दुई वटा वडामा संगठन विस्तार गरेको माओबादी केन्द्रले वडा नम्वर २ मा अडिन्द्र विष्टको अध्यक्षतामा ३३ सदस्य र वडा नम्वर १ मा विष्णु भुजेलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो । 

वडा नम्वर १ मा भोजपुर नगरपालिका अध्यक्ष मनिका राई र वाइसिएल जिल्ला संयोजक करण मुक्मिनको उपस्थितीमा वडा कमिटी गठन भएको हो भने वडा नम्वर २ मा जिल्ला सचिवालय सदस्य तथा भोजपुर नगर कमिटि इन्चार्ज शरण तामाङ र नगर सचिव राजन समिपको उपस्थितीमा वडा कमिटी गठन गरिएको छ । भोजपुर नगरमा यस अघि बोखिम, सिद्धेश्वर र आम्तेकमा वडा कमिटि गठन भैसकेको नगर सचिव समिपले जानकारी दिनु भयो । 


Views: 102