16th May | 2021 | Sunday | 2:54:47 AM

फर्निचर उधोगमा आगलागी

चिसाङ शेर्पा   POSTED ON : चैत्र ३१, २०७७ (६:१२ PM)

फर्निचर उधोगमा आगलागी

खोटाङ । खोटाङमा फर्निचर उधोगमा आगलागी हुँदा आधा करोडको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा रहेको गणेश फर्निचर उधोगमा आगलागी हुंदा ५० लाख ८६ हजार वरावरको क्षति भएको हो ।

स्थानीय हर्कराज राईले सञ्चालन गरेको फर्निचर उधोगमा मंगलबार बिहान ४ वजेतिर विधुत सर्ट भई आगलागी भएको अनुमान गरिएकोे छ । आगलागीवाट काठले बारेको टिनको छानो भएको एक तले उधोग घर, उधोगमा तयारी अवस्थामा रहेको १० लाखको फर्निचर सामग्री, ९० हजारको एक वटा जेनेरेटर, ८० हजारको कटर मेसिन, २१ हजारको खराट मेसिन, १ लाख २५ हजारको हाते मेसिन जलेर नष्ट भएको छ ।

यस्तै, ३ लाख ७५ हजारको पात्ले, उतिस, सल्लाको काठपात, २० हजारको स्थानीय कुखुरा जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, रेडक्रसकर्मी, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले घरघरको पानी संकलन गरेर तथा खानेपानीको पाईप काटेर एक घण्टामा नियन्त्रणमा लिएको थियो ।

करीव आगलागी नियन्त्रण भईसकेको वेलामा आईपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकलले प्रभावकारी काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका थिए । दमकल आए पनि चालक अनुभवी नभएकाले दमकलले पानीको फोहरा फाल्न सकेन । स्थानीय, रेडक्रसकर्मी, प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीले आगोलाई खतरामुक्त बनाउँदा आईपुगेको दमकलले काम नगरेको भन्दै दमकलप्रतिको विश्वास टुटेको स्थानीयको गुनासो छ । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ईन्द माया भुजलेको घर र मतान घर पूर्णरुपमा जलेर नष्ट भएको छ । मंगलबार दिउँसो १ः४५ वजेको समयमा विधुत सर्ट भई आगलागी हुंदा १३ लाख ६५ हजार वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका प्रवक्ता तथा प्रहरी निरिक्षक राजेन्द्र पौडेलले जानकारी दिए ।

तस्वीर : आगलागीबाट ध्वस्त भएको गणेश फर्निचर उधोग ।



Views: 51