16th May | 2021 | Sunday | 6:31:16 PM

पानीको अभाबमा ब्याकुल भनेको छ उदयपुर गढी

केदार कटुवाल   POSTED ON : बैशाख २, २०७८ (११:३२ AM)

पानीको अभाबमा ब्याकुल भनेको छ उदयपुर गढी

उदयपुर । २ सय बर्ष पुरानो ऐतिहासिक , धार्मिक ,पुरातात्त्विक र पर्यटकीय क्षेत्र बर्षौ देखि प्यासमा बाचिरहेको छ । २०५२ साल देखि खानेपानी का साना मझौला आयोजना संचालन तृप्त हुन नपाएको स्थानियको गुनासो छ ।

१९८७ देखि २०२८साल सम्म प्रसाशनिक ईकाइ र जिल्ला सदरमुकाम को रुपमा रहेको उदयपुर गढीमा खाने पानीको प्रबन्ध हुन सकेन । त्यसताका खानेपानी को योजना त संचालन त भयो तर पानीले स्थायीतब पाउन सकेन । २०७२ सालमा खानेपानी तथा सरसफाइ डिभिजन बाट स०चालित आयोजना २०७७ सालमा सम्पन्न हुनु पर्ने संझौतामा लेखिए पनि ५ बर्ष  बित्दा समृत २० प्रतिशत काम हुन नसकेको स्थानियको भनाइ छ ।

  उदयपुर गढीमा पानी आपूर्तिकालागि २२ किलोमिटर माथी भेडीखोरमा मुहान बाट ३ करोड ६९ लाखको लागतमा योजना संचालनमा आएको हो ।५ बर्षमा५० हजार लिटर ट्याङ्की र १० लाखको पाइप खरिद बाहेक कृहि काम हुन नसक्दा  १० बर्षमामा आयोजना सम्पन्न हुनेमा शंका रहेको स्थानिय पुष्कर भण्डारीले बताउनु भयो ।

तत्कालीन पंचावती र डुम्रे गाबिसका करिब १ सय ६५ घर परिवारका लागि १ घर १ धारा कार्यक्रम सम्पन्न नहुदा बर्षौ देखिको प्यास मेट्ने मृगतृष्णामै परिणत भएको छ।

 प्राकृति सुन्दरता उपयुक्त वातावरण हुदा हुँदै पनि थात थलो पिउने पानीकै कारण छोड्नेको क्म बढ्दो छ भण्डारीले बताए ।

  उदयपुर गढीमा रहेका जोगि कुवा , ब्रह्मचारी धारा सुके पानीकै लागि १ बिहान खर्चिनु पर्छ । थुप्रै आन्तरिक र वाह्य पर्टकको घुइचो लाग्ने उदयपुर गढीमा पानीकै अभाबमा पाहुना राख्न नसकिएको पंचावती धमला होटलका संचालक बताउनु हुन्छ ।

 देशकै पुरानो बिधालयमा बिधार्थी संखणया घट्दै

 जानुमा पानीकै समस्या रहेको एक शिक्षकले बताउनु भयो । पिउने पानी घरबाटै ल्याय पनि शौचालय र अनणय प्रयोजनमा पानी अभाव छ ।

 थुप्रै संभावना छ , पंचावती माइ मन्दिर लिच्छविकालिन मुर्ती , कलात्मक ढुंगा र प्रस्तर हुदा पनि ठाउको बिकासको बाधक पिउने पानीको अभाव हो  । यश तर्फ स्थानिय सरकारको ध्यान नगएकोमा स्थानिय कणरोध बनेका छन ।


Views: 102