16th May | 2021 | Sunday | 5:29:53 PM

भोजपुरमा सञ्चालन भएको भलिवलको उपाधी दाँवाली टिमलाई

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (३:३८ PM)

 भोजपुरमा सञ्चालन भएको भलिवलको उपाधी दाँवाली टिमलाई

भोजपुर । भोजपुर नगरपालिकाको दाँवामा संचालन भएको पुरुष खुला भलिवल प्रतियोगितामा दाँवाली भलिवल टिम बिजयी बनेको छ । 

नयाँ बर्षको अवसरमा दावाँली मिलन क्लब सम्पर्क समितिको आयोजना तथा कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृती प्रतिष्ठान र  भोजपुर नगरपालिका वडा नं ३ र ४ को सहयोगमा संचालन भएको प्रतियोगिताको फाइनल चरणमा फस्ट रैफल गणलाई पराजित गर्दे दावाँली भलिवल टिम प्रथम भएको हो । प्रतियोगिताको प्रथम टिमले नगद एक लाख ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो टिमले नगद ७५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक दावाँली मिलन क्लब सम्पर्क समितिले जनाएको छ । 

प्रतियोगितामा तेश्रो हुने जिल्ला भलिबल संघले नगद ४० हजार सहित प्रमाणपत्र र चौथो हुने एकता युवा क्लबले २० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा रोमन बस्नेत, उत्कृष्ट स्पाइकर प्रदिप श्रेष्ठ, उत्कृष्ट सटर राजन लिम्बु, उत्कृष्ट बल्कर गोपाल खड्का, उत्कृष्ट डिफेन्डर भुवन क्षेत्री र उत्कृष्ट सर्वर दिनेश तामाङ भएका छन । उनीहरुले नगदका साथै प्रमाण पत्र पाएका छन । 


Views: 105