16th May | 2021 | Sunday | 5:51:21 PM

भोजपुरमा चट्याङबाट बृद्धाको ज्यान गयो

निरोज कोइराला   POSTED ON : बैशाख ३, २०७८ (११:५८ AM)

भोजपुरमा चट्याङबाट बृद्धाको ज्यान गयो

भोजपुर । भोजपुरको उत्तर षडानन्द नगरपालिकामा पानीसँगै परेको चट्याङबाट बृद्धाको ज्यान गएको छ । बिहिवार बेलुका आफनै घरमा बसि रहेको अवस्थामा असिना पानीसँगैको चट्याङबाट षडानन्द नगरपालिका वडा नम्वर ८ की ७२ बर्षिया मनमाया राईको उपचारका लागि लानेक्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । चट्याङबाट टाउकोमा गम्भीर चोट लागेर घाइते मनमायाको स्थानीय मुलपानी स्वास्थ्य केन्द्र लग्नेक्रममा ज्यान गएको प्रहरीले जनाएको छ । राईको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी शुक्रवार पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइने इलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ । 


Views: 87