16th May | 2021 | Sunday | 6:38:07 PM

भोजपुरको याङपाङमा टेलिकमको टावर बन्दै

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७८ (५:१० PM)

 भोजपुरको याङपाङमा टेलिकमको टावर बन्दै

भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिकाको वडा नम्वर १ मा रहेको याङपाङमा बन्दै गरेको नेपाल टेलिकमको टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 

अरुण गाउँपालिकाको याङपाङमा रहेको पिल्सिङ गढीमा टेलिकम टावर निर्माण भएको वडाध्यक्ष नगेन्द्र खत्रीले बताउनु भयो । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राई संचारमन्त्री हुदाँ सो स्थानमा टावर निर्माणको निर्णय भएको थियो । टावर निर्माण भैसकेकोले अवको २ महिना भित्रमा आवश्यक उपकरणहरु जडान गरी संचालनमा आउने वडाध्यक्ष खत्रीको भनाई रहेको छ । 

तोकिएको समय भित्र टावरमा आवश्यक उपकरण र सामाग्रीहरु जडान गरी संचालनमा ल्याउन वडाले समेत पहल गर्दे आई रहेको वडाध्यक्ष खत्रीले बताउनु भयो । टेलिकमले निर्माण गरेको टावर संचालनमा आए पछि पूर्वी क्षेत्रका स्थानीयहरुलाई समेत नेटवर्कको समस्या नहुने नेपाल टेलिकम भोजपुरले जनाएको छ । आगामी असारबाट टावर संचालनमा आउने गरी काम भैरहेको छ । 


Views: 351