16th May | 2021 | Sunday | 2:40:23 AM

प्रदेश नं १ मा ३३ कोरोना सङ्क्रमित थपिए

  POSTED ON : बैशाख ३, २०७८ (७:२६ PM)

प्रदेश नं १ मा ३३ कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सो अवधिमा गरिएको २९४ जनाको पिसीआर परीक्षणमा  ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थप हुनेमा मोरङमा १८ मध्ये विराटनगरमा १४, झापामा आठ, भोजपुरमा तीन, सुनसरी र उदयपुरमा दुई÷दुई सङ्क्रमित देखिएका छन् । 

प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५६५ पुगेका मध्ये २९ हजार ८७८ निको भएका छन् । हाल सक्रिय सङ्क्रमित २१५ छन् । प्रदेशमा हालसम्म दुई लाख ३४ हजार ४५५ जनाको पिसीआर परीक्षण कार्य सम्पन्न भइसकेको छ । 


Views: 190