16th May | 2021 | Sunday | 6:37:26 PM

प्रदेश १ मा ३९ जना संक्रमित थपिए

हिमालय टाइम्स   POSTED ON : बैशाख ४, २०७८ (५:५७ PM)

प्रदेश १ मा ३९ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरंगको विराटनगरमा १६, रतुवामाई र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ५, इटहरीमा ४ र रामधुुनीमा २, झापाको विर्तामोडमा ४, भद्रपुरमा २, गौरादह र अर्जुनधारामा १–१, इलामको सुर्योदय र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ६०४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ८८७ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २४५ पुगेको छ । 

प्रदेश १ मा आज २४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३४ हजार ६९८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Views: 64