21st June | 2021 | Monday | 1:40:46 PM

कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यु

निरोज कोइराला   POSTED ON : जेठ १, २०७८ (९:४७ AM)

कोरोना संक्रमणबाट भोजपुरमा एकको मृत्यु

भोजपुर । कोरोना भाइरसको संक्रमणका कारण भोजपुरमा एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका वडा नम्बर ९, पानीट्याङ्कीका ४२ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा राखेर उपचार गराउँदा गराउँदै गएराती उनको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ । 

उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० जिल्ला अस्पताल भोजपुरमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिनु भयो । जिल्लाको तथ्यांक अनुसार भोजपुरमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यु र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको 

जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।

Views: 293