21st June | 2021 | Monday | 12:57:07 PM

कोरोनाका कारण आइतबार उदयपुरमा चारको मृत्यु

केदार कटुवाल   POSTED ON : जेठ २, २०७८ (८:५१ AM)

कोरोनाका कारण  आइतबार  उदयपुरमा चारको मृत्यु

उदयपुर । उदयपुरमा कोरोनाका कारण आइतबार ४ जनाको मृत्यु भएको छ । संक्रमितहरुको लागि स्थापित उदयपुर कोभिड – १९ अस्पताल चौदण्डी गढी – ६ बेलटारमा पहिलो पटक १ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका – १० कन ६३ बर्षिय पुरुषको उपचारका क्रममा ज्यान गएको हो । उनि चार दिन देखि उपचारत थिए । एक्कासि श्वासप्रश्वास मा समस्या आए पछि उनलाइ अक्सिजन सहित उपचार गरिएको थियो । अन्य ३ जनाको जिल्ला बाहिरका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन् ।  

      चौदण्डीगढी नगरपालिका – ५ का ५६ बर्षिय पुरुषको नोबेल मेडिकलकलृज बिराटनगरमा आइतबार बिहान ५ बजे मृत्यु भएको हो । त्यस्तै त्रियुगा नगरपालिका – १२ का ४५ बर्षि पुरुषको उपचारकै क्रममा ग्रिनक्रस हस्पिटल बिराटनगर मा र अरका त्रियुगा – ३ का ४७ बर्षिय पुरुषको बिएनसि हस्पिटल बिर्तामोडमा भएको जिल्ला प्रसासन कार्यलय उदयपुरले जानकारी दिएको छ ।

  उदयपुरमा ३ महिला सहित ११ जना संक्रमणका कारण मृत्य भएको जिल्ला जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुबेदीले बताउनु भयो ।  संक्रिय संक्रमित को संख्या आइतबार सम्म ३ सय उनासि रहेको छ ।संक्रमितको दर बढ्दै जादा निको हुनेको संख्या भने १४ रहेको छ ।

  गत बर्ष कोभिड – १९ अस्पताल बेलटारमा २ सयको संख्याम भर्ना भएको मा २ सयनै सकुसल  डिस्चार्ज भएका थिए ।


Views: 180