21st June | 2021 | Monday | 12:27:34 PM

भोजपुरका दुई पालिकाको सेवा बन्द

निरोज कोइराला   POSTED ON : जेठ २, २०७८ (१०:२९ AM)

 भोजपुरका दुई पालिकाको सेवा बन्द

भोजपुर  । भोजपुरको दक्षिणमा रहेको आमचोक गाउँपालिकाले प्रवाह गर्दे आई रहेका सेवा बन्द गरिएको छ । 

कोरोना परीक्षणमा रिपोंट पोजेटिभ देखिएपछि गाउँपालिकाले अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने निर्णय गरेको हो । गाउँपालिकाका जनप्रतिनिधीm कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायत ५३ जनाको स्वाब संकलन गरी परिक्षण गर्दा ९ जनाको रिर्पोट पोजेटिभ आए पछि सेवा बन्दको निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम बहादुर उपरकोटीले बताउनु भयो । 

गाउँपालिकाको आइतवारको निर्णय अनुसार अर्को सुचना प्रकाशित नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत उपरकोटीले जानकारी दिनु भयो । 

यता जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाले पनि दोश्रो चरणको भेरियन्ट जोखिमलाई बढ्न नदिन अत्यावश्यक बाहेकका सेवाहरु आगामी जेठ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईले एम्वुलेन्स,स्वास्थ्य, सुरक्षा, खानेपानी, बिद्युत सेवा बाहेका अन्य सेवाहरु बन्द गरिएको जानकारी दिनु भयो । 

गाउँपालिकाले पालिका भित्र संचालनमा रहेका बिकास निर्माणका कार्यत्रहरु समेत बन्द गरि दिनका लागि सरोकारवाला निकायलाई अनुरोध छ । भोजपुर जिल्लामा पनि दैनिकरुपमा कोरोना संक्रमितको संख्या बढदै गई रहेकाले स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तथा जोखिमलाई ध्यान दिएर गाउँपालिका भित्रका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । 




Views: 176