21st June | 2021 | Monday | 12:54:30 PM

कोरोना जोखिमले भोजपुरका बैंकहरु आलोपालोमा चल्ने

हिमालय टाइम्स   POSTED ON : जेठ २, २०७८ (११:४२ AM)

कोरोना जोखिमले भोजपुरका बैंकहरु आलोपालोमा चल्ने

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पनि दैनिक कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै गएपछि जिल्लामा संचालन भएका बैकका शाखाहरु समेत आलोपालोमा संचालन हुने भएका छन । 

कोरोना संक्रमणलाई मध्यनजर गर्दे भोजपुर सदरमुकाममा संचालनमा रहेका बैकहरु हप्तामा आलोपालो मिलाएर संचालन गर्ने निर्णय भएको हो । बैकका शाखा संचालनका बिषयमा आइतवार बैकर्श समुहले छलफल गर्दे यस्तो निर्णय गरेको छ । यो निर्णयसँगै सदरमुकाममा रहेका १५ वटा बैकका शाखा अव हप्तामा २ दिन मात्र बार मिलाएर संचालन हुने छन । 

तालिका अनुसार माछापुच्छ्रे, प्रभु, लक्ष्मी, एनआईसी एसिया र नेपाल एसबिआई बैक आइतवार र बुधवार संचालन हुने छन भने सेन्चुरी कमर्सियल, सिटिजन्स, एनएमबी, नेपाल बैक र ग्लोवल आईएमई बैक सोमवार र बिहिवार खुल्ने छन । 

यस्तै कृषि बिकास बैक, मेघा बैक, नेपाल बंगलादेश बैक, एभरेष्ट र राष्ट्रिय बाणिज्य बैक मंगलवार र शुक्रवार संचालन हुने गरी तालिका मिलाईएको छ । कोरोनाका कारण बैकिङ क्षेत्रमा परेको प्रभाव र सेवा प्रवाहलाई ख्याल गर्दे यो निर्णय गरिएको बैकहरुले जनाएका छन । कोरोना जोखिमका कारण गत बर्ष पनि भोजपुरका बैकहरुमा आलोपालोमा संचालनमा आएका थिए । 

स्थानीय प्रशासनले समेत गत बैशाख २९ गतेबाट आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा जारी गरेको अवस्थामा यो निर्णयले बैकिङ सेवा प्रवाहमा समेत सहजता ल्याउने बैकले जनाएका छन । यसैगरी बैकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएमा सम्वन्धित बैकका शाखा प्रवन्धक मार्फत बैकर्श समुहमा जानकारी गराई उपचारमा सहयोग गर्ने निर्णय समेत बैकहरुले गरेका छन् । 


Views: 94