21st June | 2021 | Monday | 1:23:39 PM

भोजपुरमा ९१ जना कोरोना संक्रमित, पाँच जना संस्थागत आइसोलसनमा

निरोज कोइराला   POSTED ON : जेठ ४, २०७८ (६:२० PM)

 भोजपुरमा ९१ जना कोरोना संक्रमित, पाँच जना संस्थागत आइसोलसनमा

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा कोरोना संक्रमणका कारण हालसम्म एकानब्बे जना संक्रमित भएका छन । जसमा पाँच जना संस्थागत आइसोलेसनमा उपचार गराई रहेका छन भने एक जनाको उपचारको क्रममा ज्यान गएको छ । 

स्वास्थ्य कार्यालय भोजपुरको तथ्यांक अनुसार मंगलवारसम्म ९१ जना संक्रमित छन भने भोजपुर नगरपालिकाको शैक्षिक तालिम केन्द्रमा रहेको कोभिड अस्पतालमा ४ जना र साल्पासिलिछो गाउँपालिकाको कुलुङमा १ जना गरी ५ जना संस्थागत आइसोलेसनमा उपचारार्थ छन । भोजपुरका ९ वटा स्थानीय तह मध्ये जिल्लाको उत्तरमा रहेको षडानन्द नगरपालिमा सवै भन्दा बढी ३३ जना संक्रमित देखिएका छन ।

यसैगरी भोजपुर नगरपालिकामा २५ जना, रामप्रसाद राई गाउँपालिकामा २१ जना, आमचोक गाउँपालिकामा ९ जना, अरुण गाउँपालिकामा २ जना र टेम्केमैयुङ गाउँपालिकामा १ जना गरी ९१ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनु भयो । 

जिल्लाको हतुवागढी गाउँपालिका, पौवादुङमा गाउँपालिका हालसम्म कोरोना संक्रमित भेटिएको छैन । जिल्लामा हालसम्म २ सय १३ जानको पिसिआर परीक्षण गरिएको छ भने ३५ जनाको नतिजा आउँन बाँकी रहेको छ । एक जनालाई थप उपचारका लागि बाहिरी जिल्ला पठाईएको छ । भोजपुरमा हालसम्म कोरोना संक्रमणका कारण भोजपुर नगरपालिका वडा नम्वर ९ का एक जनाको जिल्लाबाट काठमाण्डौ लगेर उपचार गर्दा ज्यान गएको छ । 




Views: 284