21st June | 2021 | Monday | 1:52:07 PM

समयमै ध्यान नगए चुरे र महाभारत अभिशाप बन्ने

केदार कटुवाल   POSTED ON : जेठ ४, २०७८ (६:५५ PM)

समयमै ध्यान नगए चुरे र महाभारत अभिशाप बन्ने

उदयपुर । उदयपुरको एक तिहाई समथर भूभागको समस्या बनेको त्रियुगा नदीको तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन मासिदै गएको छ । यसको दुबैतर्फ रहेको महाभारत र चुरे पहाडमा हुने बन बिनासका कारण खेतियोग्य उर्बर भुमि मासिँदै गएको हो ।

 हरेक बर्ष बाढीले बगायर ल्याउने ढुङ्गा ,गिट्टी , बलुवा र लेदो माटोको कारण बहाव क्षेत्र पुरिने र धार परिबर्तन हुँदै गएको छ । यसबाट जमिन मुनि रहेको पानीको श्रोतमा समेत प्रत्यक्ष असर परेको छ ।

  वनजंगल मासिँदै जाँदा दुबै तर्फका पहाडमा हुने भू–क्षयले त्रियुगा नदीको सतह बढ्दै गएको छ । यसले गर्दा बर्षेनि खेति योग्य जमिन लाई मरुभूमिमा परिणत गरेको छ । 

   त्रियुगाको तल्लो तटीय आवादि क्षेत्रका त्रियुगा , चौदण्डीगढी , बेलका नगरपालिकामा चैते धान लगायतका खेतिमा ह्रास आएको छ ।

  त्रियुगा नदी र यसका सहायक खोला तथा खहरेमा बर्षेनि बग्दै आउने बालुवाले जमिन मासिनुका साथै सिचाइ, कुलो पैनीमा असर परेको छ । पछिल्लो समय महाभारत र चुरेबाट बग्ने झण्डै दुई दर्जन खोला खहरेले धार परिबर्तन गरेका छ । जसका कारण त्रियुगा , चौदण्डीगढी , बेलका नगरपालिकाका पर्ने  चुहाडे, मोहनपुर ,देउरी, बगाहा , जोगिदह , हडिया, सुन्दरपुर, तपेश्वरी लगायतका खेतीयोग्य जमिन मासिदै गएका छन । र मानवबस्तिमा समेत असर पार्दै गएको छ । दक्षिण तर्फको चुरे क्षेत्रबाट ढुङ्गा, गिटि , बालुवा र काठको दोहन बढ्दै वातावरणीय असर समेत पर्दै गएको छ । फलस्वरुप चुरे र महाभारत क्षेत्रको बिचमा रहेको नदि तटीय क्षेत्रको उब्जाउभूमिमा प्रतिकुल असर पर्नुका साथै मानव बसति समृत जोखिममा पर्दै गएको सुन्दरपुरका किसान पर्शुराम बस्नेत बताउनु हन्छ । चुरेबाट  बगेर आएको खोला खहरेबाटअनियन्त्रित ढङ्गले नदी जन्य बस्तुको दोहनले तल्लो क्षेत्रमा बालुवा थुप्रने र खोला खहरे समेतको सतह बढ्दै गएको किसानको गुनासो छ । दोहनकै कारण कतिपय स्थानमा नदिको सतह भासिँदा सिँचाइ , खानेपानीका श्रोत समेत मासिँदै गएको हडियाका चन्द्र गिरि बताउँछन् । 

 चुरे पहाडबाट बनबिनासका कारण भू–क्षय बढ्दै जाँदा पानी थेग्न नसक्नु नदि तटीय क्षेत्रमा पर्यावरणीय संरचना तयार नहुदा थप जटिलता आएको छ ।

 भुमिगत जलाधार मासिँदै जाँदा तरकारी खेति लगायत फलफूलखेतिमा प्रत्यक्ष असर  करिब एक दशक देखि पर्दै आएको छ ।

 चुरे तथा महाभारत क्षेत्रको जैबिक बिबिधता लोप हुँदै जाँदा यहाँ आश्रित जंगली जीव जनावरहरुमा पनि संकट उत्पन्न भएको हो ।

चुर क्षेत्रको संरक्षणको अभावमा यसको अझ असर सिराहा , सप्तरीमा परेको छ । पुर्ब पश्चिम फैलियको चुरे पहाड उदयपुर , सिराहा , सप्तरीको सिमा क्षेत्र हो ।चुरे क्षेत्रमा हुने दोहनको मार सप्तरी सिराहामा परे पनि त्यहाको स्थानिय सरकाले चासो नदेखाउदा समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ । चुरे पहाडलाइ मुहान बनाइ बग्ने बलान , खाडो महुली , सुन्दरी ले सप्तरी र सिराहाका हजारौ बिगाहा खेतीयोग्य जमिनलाइ मरुभूमि मा परिणत गरेको छ ।

 चुरे दोहनलाइ रोक्न र यसको संरचना मजबुत बनाउन प्रदेश तथा स्थानीय तहले ऐन नियम कानुन नबनाउने हो भने स्थिति अझ जटिल र भयाबह हुने सरोकारवालाको मत रहेको छ ।


Views: 126