21st June | 2021 | Monday | 1:30:50 PM

भोजपुरमा नाघ्यो पाँच सय संक्रमित

निरोज कोइराला   POSTED ON : जेठ २७, २०७८ (७:५९ PM)

 भोजपुरमा नाघ्यो पाँच सय संक्रमित

भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा कोरोना संक्रमितको संख्या घटनु भन्दा दैनिक बढन थालेको छ । बिहिवार १८ जना थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सुचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनु भयो । 

जिल्लाको कोरोना संक्रमणको तथ्यांक अनुसार अहिलेसम्मको परीक्षणमा सवै भन्दा बढी रामप्रसाद राई गाउँपालिकामा १ सय १२ जना संक्रमित भेटिएका छन । यसै गरी भोजपुर नगरपालिकामा ९३, षडानन्द नगरपालिकामा  ७८, आमचोकमा २८, हतुवागढीमा ९७, टेम्केमैयुङमा २४, पौवादुङमा १४, अरुणमा ८२ र साल्पासिलिछो गाउँपालिकामा १२ जना कोरोना संक्रमित रहेको सुचना अधिकारी बुढाथोकीले बताउनुभयो । 

कोरोना संक्रमण भएर हालसम्म २ सय ३६ जना निको भएका छन भने १६ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । भोजपुरको संस्थागत आइसोलेसनहरुमा ६ जना र होम आइसोलेसनमा २ सय ७९ जनाले उपचार गराई रहेका छन । अहिलेसम्म  उपचारको क्रममा ३ जनाको ज्यान गएको छ । 


Views: 71