पूर्वराज्यमन्त्री गुरुङले दिनु भयो स्वास्थ्य सामाग्री

  POSTED ON : असार ७, २०७८ (११:२१ AM)

पूर्वराज्यमन्त्री गुरुङले दिनु भयो स्वास्थ्य सामाग्री

भोजपुर । संखुवासभाको चैनपुरमा रहेको आइसोलेसनका लागि पूर्वराज्यमन्त्री तारामान गुरुङले स्वास्थ्यका साथै बिद्युतका सामाग्री सहयोग गर्नु भएको छ । दैनिक कोरोनाका बिरामी बढी रहेको अवस्थामा पूर्वराज्यमन्त्री गुरुङले चैनपुर आइसोलेसनमा पुगेर ती सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो । गुरुङले सर्जिकल मास्क १ हजार ३ सय थान, पिपिई २५ सेट, स्टेपलाइजर लगायतका सामाग्रीहरु आइसोलेसनका लागि हस्तान्तरण गर्नु भयो । चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख हिमाल ढकाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रुपेश कर्ण लगायतको उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तानन्तरण गरिएको छ । हस्तान्तरण गरिएका सामाग्रीहरु आइसोलेसन लािग अत्यावश्यक रहेकाले स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको  पूर्व राज्यन्त्री गुरुङले बताउनुभयो । 

Views: 88

Top