युवा कृषक प्रधान भन्नहुन्छ- ‘ब्यवसाय छोडेर कृषि पेशमा लागेको हुँ'

निरोज कोइराला   POSTED ON : असार ७, २०७८ (१:०९ PM)

युवा कृषक प्रधान भन्नहुन्छ- ‘ब्यवसाय छोडेर कृषि पेशमा लागेको हुँ'

भोजपुर । राम्रो कमाउन कि त बिदेश नै जानु पर्छ, कि त पढेर सरकारी कर्मचारी बन्नु पर्छ भन्ने धारणा युवाहरुमा देखिने गरेको भएपनि कोरोना जोखिम बढैसँगै भोजपुरमा भने अहिले युवाहरुमा कृषि मोह बढेको छ । गत बर्षको पहिलो र अहिलेको दोश्रो कोरोना लहरका कारण भएको ब्यापार ब्यवसाय छाडेर अहिले कृषि पेशामा भोजपुरका युवकहरु लागि परेका छन । 

मेहनत गर्न सकेमा कृषि पेशाबाट समेत राम्रो आम्दानी गर्न सकिने भएकाले आफुहरु अहिले कृषि पेशामा लागेको युवाहरुको भनाई रहेको छ । सदरमुकाममा कपडा ब्यवसाय संचालन गर्दे आउनु भएका फबिन्द्र प्रधान पहिलो र दोश्रो लहरको कोरोनाका कारण लकडाउन बढदै गएपछि अहिले सफल कृषक बन्नु भएको छ । कृषक प्रधानले अहिले भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिममा करिव ४३ रोपनी जग्गामा कृषि खेती गर्दे आउनु भएको छ । 

प्रधानले भन्नुभयो, 'कोरोना संकटका कारण ब्यापार ब्यवसाय समेत राम्ररी चल्न सकेन, सो भन्दा गाउँ मै फर्केर कृषि ब्यवसायमा संलग्न हुने सोच आयो त्यसैले फर्किए, बिगतमा जस्तो मकै, कोदो जस्ता बाली लगाएर भने हुदैन, नगदे बाली लगाउन जरुरी छ ।' प्रधानले अहिले अकबरे खोर्सानीका साथै अदुवा, बेसार, सुन्तला, एबोकाडो, किवी जस्ता खेती शुरु गर्नु भएको छ भने सोसँगै माछा पालन समेत थाल्नु भएको छ । 

गत बर्ष अकबरे खोर्सानी खेतीबाट मात्र १० लाख आम्दानी गर्नु भएका कृषक प्रधानको यो बर्ष भने ३० देखि ४० लाख रुपैया खोर्सानीबाट नै हात पार्ने लक्ष छ । प्रधानको भनाई छ, “आफुमा इच्छा शक्ति भए रुखो पाखामा पनि सुन उमार्न सकिन्छ, सरकारी निकायबाट उचित सहयोग पाएमा म जस्ता धैरै युवाहरु कृषि पेशामा लाग्नु हुन्छ, केही गर्नका लागि बिदेश नै जानु पर्छ भन्ने छैन ।” सिंहवाहिनी कृषि तथा पशुपालन कृषि फर्म दर्ता गरेर ५-७  लाखको लगानीमो कृषि व्यवसाय शुरु गर्नु भएका प्रधानले अहिले जिल्लामा नै उत्कृष्ट कृषककारुपमा चिनिनुहुन्छ ।  

कृषक प्रधानले रमाइलो गदै भन्नुभयो, “ब्यापार ब्यवसाय महत्वपूर्ण हुन्छ , तर हजुरबाले सबै जीवजन्तुहरुलाई पाल्न कृषि नै गर्नु भन्नुहुन्थ्यो, अहिले आएर उतै लागियो, कोरोनाको आँखामा खुर्सानी मिच्ने योजना अब चै सफल  हुने भयो ।” फविन्द्र जस्ता व्यापार व्यावसाय गुमाएका र विदेशबाट फर्किएका युवाका लागि व्यावसायिक कृषि उत्तम विकल्प रहेको युवा अगुवा हेमराज दाहालले बताउनुभयो । दाहालले भन्नुभयो, “फबिन्द्र मात्र होइन जिल्ला भित्र र गाउँमा पनि धैरे युवाहरु कृषि पेशमा लाग्नु भएको छ, तर युवाहरुलाई यो क्षेत्रमा प्रोत्साहन गर्नका लागि भने स्थानीय तह, प्रदेश र संघीय सरकारबाट दीर्घकालिन योजना ल्याउनु जरुरी देखिन्छ ।”जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका घर भएका सिताराम प्रधान पनि अहिले राम्रो कृषक बन्नु भएको छ । प्रधानले अहिले भोजपुर नगरपालिका भित्र जग्गा भाडामा लिएर अकवरे खोर्सानी खेती गर्दे आउनु भएको छ । मेहनत गर्न सकेमा खेती गर्न लागेको खर्च कटाएर पनि आम्दानी गर्न सकिने प्रधानको भनाई छ । 

व्यावसायिक कृषिमा लाग्दा प्रशस्त सम्भावना भेटिए पनि रोगको प्रकोप, खेतीमा देखिने समस्या, बाली नष्ट हुने जस्ता सम्भावित समस्याले भने कृषकहरुलाई मारमा पारेको कृषक कृष्ण कुमारी प्रधानको भनाई रहेको छ । उचित बजारीकरण, उचित मुल्यदर, ढुवानीमा सहुलियत, कर छुट, सिपमूलक कार्यक्रम र कच्चा पदार्थको आयातमा छुट र अनुदान नहुँदा भने कृषिमा उत्साहित युवापुस्तालाई हतोसाहित बनाएको छ । युवाहरुलाई बिदेश जान रोक्दै मुलुकमा नै सीपमुलक बनाउनका लागि सरकारी स्तरबाट ठोस निती तथा कार्यक्रम बनाउन जरुरी देखिएको कृषक बिष्णुप्रसाद अधिकारी बताउनुहुन्छ । कृषक अधिकारी करिव ८० बर्ष पुग्नु लाग्नु भयो तर पनि अहिले कृषि पेशामा नै सक्रिय हुनुहुन्छ । कृषक अधिकारीले अहिले पनि सुन्तला र कागतीको बिरुवा उत्पादन गरेर बिक्री गर्दे आउनु भएको छ । कृषक अधिकारीले भन्नुभयो, “मैले त अहिलेसम्म कृषि पेशा छाडेको छैन, बिदेश जान छाडेर पनि केही युवाले मसँग सुन्तलाको बिरुवा लगेर रोपेका छन ।”कृषि ज्ञान केन्द्र भोजपुरले भने कृषकहरुका लागि आफुहरुले सहयोग गर्र्दे आएको जनाएको छ । रासायनिक मल समयमा नै कृषकहरुलाई उपलब्ध गराउन कार्यालयले आवश्यक कार्य समेत गरेको ज्ञान केन्द्रले जनाएको छ । 


Views: 169

Top