भोजपुरको दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना

निरोज कोइराला   POSTED ON : श्रावण २१, २०७८ (६:४४ PM)

भोजपुरको दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्वर ४ दलगाउँमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । 

दलगाउँमा स्थापना भएको अस्थायी प्रहरी चौकीको भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारी र गाउँपालिका अध्यक्ष बिजय राईले संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ । दलगाउँमा रहेको पुरानो वडा कार्यालयमा चौकी स्थापना गरिएको हो । चौकीमा प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी खटाईएको छ । 

प्रहरी चौकी स्थापनाका लागि माग भए अनुसार दलगाउँमा प्रहरी चौकी स्थापना भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । जनताको माग र सरोकारवाला निकायको पहलमा दलगाउँमा चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार राईको भनाई रहेको छ । 

चौकी संचालनका लागि आवश्यक सहयोग पालिकाले पनि गर्ने अध्यक्ष विजय राईले बताउनु भयो । 


Top