अनेम संघ (क्रान्तिकारी) भोजपुर नगर समितिले बुझायो दश बुँदे माग

  POSTED ON : आश्विन ५, २०७८ (११:१८ AM)

अनेम संघ (क्रान्तिकारी) भोजपुर नगर समितिले बुझायो दश बुँदे माग

भोजपुर । बिभिन्न दश सुत्रिय माग सहित अखिल नेपाल महिला संघ (क्रान्तिकारि) भोजपुर नगर समितिले भोजपुरका नगर प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आले र भोजपुरका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद भण्डारीलाई भेटेर संघले आफना १० बुँदे मागहरु बुझाएको अखिल नेपाल महिला संघ (क्राीन्तकारी) भोजपुर नगर समिति संयोजक मनिका राईले बताउनु भयो । राईले भन्नुभयो, हामीले दुवै निकायमा पुगेर आफना माग राख्ने काम गरेका छौ । बुझाइएको ज्ञापन पत्रमा संयोजक राईको हस्ताक्षर रहेको छ । 

पुरुष र महिला एकैरथका दुई पांग्रा भएकाले सामाजिक रुपान्तरणका आन्दोलन महिला बिना संभव नहुने भएकाले महिलाका मागलाई तुरुन्त कार्यन्वयनको गर्न आग्रह गर्दे आफना मागहरुका बिषयमा ज्ञापन पत्र बुझाइएको हो, संयोजक राईले बताउनु भयो । स्वास्थ्य तथा शैक्षिक संस्थाहरुको हाता वरपर धुम्रपान तथा जुवातासको निषेधित क्षेत्रको घोषणा, माध्यमिक तहसम्मका किशोरीहरुका लागि आराम कक्ष सँगै स्यानेटरीप्याडको व्यवस्था, भोजपुर नगरपालिका भित्र रहेका सवै माध्यामिक बिद्यालयहरुमा एक जना स्टाफ नर्सको ब्यवस्था, आमाको नामबाट नागरिकता पाउने सहज ब्यवस्था गरिनु पर्ने लगायतका माग अखिल नेपाल महिला संघ ( क्रान्तिकारि) भोजपुर नगर समितिले बुझाएको ज्ञाापन पत्रमा उल्लेख गरिएको छ । 

यसैगरी लंगिक बजेट १० प्रतिशत हुनु पर्ने, भोजपुर नगरपालिकालाई महिला हिंसा मुक्त नगरपालिका घोषणा गर्नुपन, गर्भवती महिलाहरुलाई अस्पतालमा नै सुत्केरी गराउने ब्यवस्था, हिंसा पिडित महिलाहरुलाई न्यायिक समिति मार्फत तुरुन्त न्याय दिने ब्यवस्था र छोरी जन्मे पछि खाताको ब्यवस्था सहित माध्यामिक तहसम्म निशुल्क पढाउने ब्यवस्था गरिनु पर्ने माग १० बुँदामा उल्लेख गरिएको छ । 

ज्ञापन पत्र बुझदै दुवै निकायका प्रमुखहरुले यसलाई सकारात्मकरुपमा लिइएको बताउनु भएको छ  ।


Top