कृषकलाई कर्जा उपलब्ध गराउन बैंक र नगरपालिका बीच सम्झौता

निरोज कोइराला   POSTED ON : आश्विन ७, २०७८ (४:४० PM)

कृषकलाई कर्जा उपलब्ध गराउन बैंक र नगरपालिका बीच सम्झौता

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका कृषकहरुले अव मेगा बैक मार्फत कर्जा पाउने भएका छन । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रबद्र्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता समेत गरेको छ ।

मेगा बैकले सम्झौता गरे पछि नगरपालिका भित्रका कृषकहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गरिने छ । बैकले अवका दिनमा कृषकहरुलाई मेगा किसान कार्ड समेत उपलब्ध गराउने भोजपुर नगरपालिकाले जनाएको छ । 

मेगा किसान कार्ड बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा मानिन्छ ।  जसले कृषकहरुलाई कृषि कर्जाको सदुपयोग गर्दे बैंकिङ्ग कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने छ । 

सहुलियत कर्जा सम्वन्धी पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका प्रमुख कैलाश आलेले हस्ताक्षर गर्नु भएको छ । बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलार्ई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालय मार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा उपलब्ध हुने बताउनु भयो ।

 


Top