राप्रपाको जिल्ला अधिवेशनबाट राजासहितको हिन्दु राज्य माग

जीवन शर्मा   POSTED ON : आश्विन १६, २०७८ (४:३३ PM)

राप्रपाको जिल्ला अधिवेशनबाट राजासहितको हिन्दु राज्य माग

ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले राप्रपाको एजेण्डा देशमा राजा सहितको हिन्दु राज्य भएको बताउनुभएको छ  । एकताको प्रतिकका रुपमा राजसंस्था  आवश्यक रहेको भन्दै तामाङले गणतन्त्रका नाममा जन्मीएका हजारौं राजाहरु भन्द नेपाली नागरिकले एउटै राजा खोजेको बताउनुभएको हो । 

संघियता र गणतन्त्र पछि बनाइएका राष्ट्रपतिहरुले कार्यकर्तालाई सल्लाहाकार तथा विज्ञका नाममा नियुक्ति दिने र खरवौं सिध्याएको  भन्दै मुलुकका लागि धेरै राजाहरु भन्दा एउटै राजा भए पुग्ते तर्क गर्नुभयो । स्रंङ्घीयताका नाममा स्थानीय तहदेखि प्रदेश र संघ सम्मको खर्च हेर्दा देशले धान्न नसक्ने भएको हुँदा प्रदेश संरचना समेत आवश्यक नभएको तामाङको भनाइ छ । राजनीतिक दलहरुले आफु राजा हुनलाई राजसंस्थाको चाहिदैन भनेर जनमतको वपिक्षमा काम गरिरहेको नेताहरुको भनाइ छ । 

देशमा रहेको करिव ८४ प्रतिशत ओमकार परिवारका पक्षमा निरन्त आफुहरुले हिन्दु राष्ट्रको पक्षमा उभिएको वरिष्ठ नेतामा तामाङले बताउनुभयो । कार्यक्म उद्घाटन समारोहलाई सम्बोधन गर्दै राप्रपाका निमित्त सचिवालय प्मुख राजेन्द्र गुरुङले अव नेपाल र नेपालीको भरोसायोग्य पार्टी राष्ट्रि प्रजातन्त्र पार्टी भएकाले अन्य दलका नेताकार्यकर्ताहरुले विकल्पका रुपमा राप्रपालाई अघि सारेको बताउनुभयो । अवको केही महिनामा देशभर राप्रपाको लहर आउने भन्दै गुरुङले सम्पूर्ण राष्ट्रबादीहरु एकाकार भएर राजा सहितको हिन्दु राष्ट्र निर्माण गर्ने अभियानमा जुट्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागि नेता कार्यकर्ताहरुले समेत हिन्दु राज्यको माग गरेका छन् ।  

आगामी कार्तिक २७,२८ र २९ गते हुन गइरहेको पार्टीको महाधिवेशन लाई लक्षित गरी राप्पाले धमाधम स्थानीय तह तथा जिल्ला अधिवेशनहरु गरिरहेको छ । यसै क्रममा असोज १६ गते भएको राप्रपाको ओखलढुंगा जिल्ला अधिवेशन बाट पदमकुमारी गुरुङको सभापतित्वमा १५ सदस्य जिल्ला कार्यसमिति चयन गरेको छ । सिद्धिचरण नगरपालिका सहित जिल्लाका आठ वटै स्थानीय तह र प्रादेशीक क्षेत्रीय अधिवेशनमा समेत गरिसकेर जिल्ला अधिवेशन सम्पन्न गरेको हो  । अभिवेशनले पहिलो पटक महिलालाई जिल्लाको नेतृत्व प्रदान गरेको छ । 

त्यस्तै सिद्धिचरण नगरपालिकाको सभापतिमा नवराज श्रेष्ठ, चिशंखुगढी गाउपालिका सभापतिमा गुणबहादुर बस्नेत,मोलुङ गाउपालिका सभापतिमा गिता कार्की,सुनाकेशी गाउपालिका सभापतिमा डिल्ली कुमारी राई, चम्पादेवी गाउपालिका सभापतिमा रितबहादुर कार्की,मानेभञ्ज्याङ गाउपालिका सभापतिमा चित्र कुमारी अधिकारीलाई जिम्मेवारी दिइएको  राप्रपा ओखलढुंगाले जनाएको छ । 


Top