बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

केदार कटुवाल   POSTED ON : आश्विन १६, २०७८ (४:५० PM)

बृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

उदयपुर । एक बृद्धालाई जबर्जस्ती करणी आरोपित पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । चौदण्डी गढी नगरपालिका –६ बस्ने ३० बर्षिय मुकेस बिकलाई पीडितको किटानी जाहेरीको आधारमा ईलाका प्रहरी कार्यलय बेलटारले पक्राउ गरेको हो ।

   उदयपुरको चौदण्डीगढी नगरपालिका –६ बस्ने ५९ बर्षिय बृद्धा महिलालाई द्वार खोलाको जंगलमा गत बिहीबार साँझ ७ बजे आरोपित बिकले जबर्जस्ती बलात्कार गरेको उदयपुर जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक बेद प्रसाद गौतमले बताउनु भयो ।

 सम्बन्धित जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रनाउ गौतमले बताउनु भयो ।


Top